मोर्चालाइ निर्वाचनमा सहभागि गराउन सरकार गम्भीर: गृहमन्त्री निधि

<span class='c1'>मोर्चालाइ निर्वाचनमा सहभागि गराउन</span> <span class='c2'>सरकार गम्भीर: गृहमन्त्री निधि</span>

उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले स्थानियतहको निर्वाचनमा मधेशीर्मोचालाई सहभागी गराउन सरकार गंभिर भएर लागेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसंग कुरा गर्दै उनले तोकिएको मितिमा निर्वाचन गराउन सबै प्रक्रिया अघि बढि सकेकाले अब कुनैपनी हालतमा निर्वाचन स्थगित नहुने बताए ।
उनले निर्वाचनका लागी निर्वाचन आयोग तथा राजनितिक दलले आ–आफनो गतिविधि अगाडी बढाइसकेलाले अब निर्वाचन नरोकिने प्रष्ट पारे ।
उपप्रधानमन्त्री निधिले निर्वाचनमा सहभागी गराउन मधेशी मोर्चासंग वार्ता र छलफल चलिरहेकाले मधेशी मोर्चाले पनी निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरेका छन् ।
निर्वाचन अघि पुरागर्न सकिने मागलाई पुरागर्ने र बाकी मागलाई निर्वाचनपछी सम्वोधनगर्दै जाने विषयमा मधेशी मोर्चासंग छलफल चलिरहेको उनले जानकारी दिए ।
अधिकार सम्पन्न संघिय आयोग बनाएर सिमाकंनको विषय टुंग्याउने विषयमा मोर्चासंग छलफल भईरहको र सो विषयमा मोर्चापनी सकारात्मक रहेको उनले बताए । निर्वाचनका लागी पुर्वाञ्चलको सुरक्षा अवस्था बारे जानकारी लिन विराटनगर आएका उनले पुुर्वाञ्चलका तिनवटै सुरक्षा निकायका प्रमुखसंग पुर्वाञ्चलको सुरक्षा अवस्था बारे जानकारी लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्