न्यू सृष्टि दैनिकको छैटौ वार्षिकाेत्सव सम्पन्न, २० जना पुरस्कृत

<span class='c1'>न्यू सृष्टि दैनिकको छैटौ वार्षिकाेत्सव</span> <span class='c2'>सम्पन्न, २० जना पुरस्कृत</span>

प्रेम देवान

विराटनगर १४ चैत्र । विराटनगरमा आज न्यू सृष्टि दैनिकको छैटौ बार्षिक उत्सव कार्यक्रम मनाइएकाे छ ।

बार्षिक उत्सवको अबसरमा विभिन्न क्षेत्रमा योगदान पुुर्याउने २० व्याक्तिलाई सम्मान गरिएको छ । यसरी पुरस्कृत हुनेमा दीपाश्री निरौला (रानुदेवी अधिकारी–न्यू सृष्टि दैनिक कला पुरस्कार), रवि केसी (महेन्द्र गोल्छा–न्यू सृष्टि दैनिक स्पेशल औद्योगिक अवार्ड) र, महेश जाजु (केशवप्रसाद कोइराला–न्यू सृष्टि दैनिक सामाजिक सेवा पुरस्कार) समर्पण गरिएको छ । निरौलालाई ९ हजार ९ सय ९९, केसीलाई २१ हजार २१ रुपैयाँ र जाजुलाई ११ हजार १ सय ११ रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएकाे हाे ।

न्यू सृष्टि दैनिक–हरिसिंह दुगड–उषादेवी दुगड विशेष सम्मान समाजसेवी सुरेशकुमार शर्मालाई प्रदान गरिएको छ । पुरस्कारको राशि ११ हजार रुपैयाँ र सम्मानपत्र छ । यसैगरी जगदीशप्रसाद राठी–न्यू सृष्टि दैनिक युवा उद्यमी पुरस्कार शोभना दुगडलाई प्रदान गरिएको छ ।

यसपटकको सरकारी सेवातर्फ मेन अफ दी इयर नेपाल प्रहरीका नायव महानिरीक्षक केशरीराज घिमिरे र नेपाल विद्यात प्राधिकरण पूर्वाञ्चल प्रमुख ओमप्रकाश राठीलाई विशेष सम्मान प्रदान गरिएको छ ।

विकासे पत्रकारिता गरिरहेका अविजाल विष्ट र मोफसलमा रहेर विज्ञापन बजार प्रवद्र्धन गर्न सक्रिय रहेका इटहरीका पवन अधिकारी, सातौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न महत्वपूर्ण योगदान पुुर्याए ापत जिल्ला खेलकुद विकास समिति मोरङका प्रमुख देवराज कट्वाललाई प्रदान गरिएको छ ।

यस्तै, न्यू सृष्टि दैनिक पत्रकारिता पुरस्कार शेखर रेग्मी (स्टार एफएम) र सन्तोष सिग्देल (मकालु टेलिभिजन) लाई संयुक्त रुपमा पुरस्कृत गरिएको छ । पुरस्कारको राशि ९ हजार ९ सय ९९ रुपैयाँ छ । साहित्यतर्फ भैरोदान सुराना र लावण्य सापकोटालाई ९ हजार ९ सय ९९ राशिको न्यू सृष्टि दैनिक साहित्य पुरस्कार प्रदान गरिएको छ ।

न्यू सृष्टि दैनिक–स्वास्थ्य पुरस्कार डा. एमके गुड्डी र डा. मनोज श्रीवास्तवमा प्रदान गरिएको छ । पुरस्कारको राशि ९ हजार ९ सय ९९ रुपैयाँ संयुक्त रुपमा छ । यस्तै, ८ हजार ८ सय ८८ रुपैयाँ राशिको न्यू सृष्टि दैनिक शिक्षा पुरस्कार एभरेष्ट उच्च माध्यमिक विद्यालयका प्राचार्य टीकाराम पुरीलाई प्रदान गरिएको छ ।

यस्तै, उद्योगी महेश जाजु र आनन्द जाजुले स्थापना गरेको ११ हजार राशिकबो ‘रामानन्द जाजु-हरप्यारीदेवी जाजु छात्रवृति’ श्रीगुरुकुल स्कुलका विद्यार्थी समीर बस्नेत र राजदेव उरावलाई प्रदान गरिएको छ । पुरस्कृत व्याक्तिहरुलाई प्रमुख अतिथी गृहमन्त्री विमलेन्द्र निधीले पुरस्कार हस्तान्तण गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्