हरैंचामा महोत्सव शुरु

<span class='c1'>हरैंचामा महोत्सव</span> <span class='c2'>शुरु</span>

हरैंचा स्पोर्टस क्लबले सोमबारबाट ‘हरैंचा महोत्सव’ आयोजना गरेको छ । सुन्दरहरैचा नगरपालिका –१ स्थित हरैंचा बजारमा चैत १४ देखि २४ गतेसम्म महोत्सव आयोजना हुनेछ ।
हरैंचामा पहिलो पटक महोत्सव आयोजना हुन लागेका कारण पनि दर्शकहरुको घुँईचो लाग्ने आयोजकको भनाई छ । हरैंचा बजारमा निर्माण भई रहेको राधाकृष्ण सामुदायिक भवनको सहयोगका लागि महोत्सव आयोजना गरिएको र स्थानिय उत्पादनको बजार प्रर्वद्धन पनि हुने आशमा महोत्सव गर्न लागेको आयोजक समितिका अध्यक्ष प्रकाश मास्केले बताए ।

महोत्सवमा यसक्षेत्रका विभिन्न सहकारीसँग आवद्ध महिलाले उत्पादन गरेका कपडा, खाद्यन्न लगायतको प्रदर्शनी हुने महोत्सव व्यवस्थापन समितिका संयोजक सन्तोष श्रेष्ठले बताए । महोत्सवमा थारु, नेवारी लगायत अन्य विभिन्न जातिय समुदायका खाद्यन्नका परिकार विशेष हुने श्रेष्ठले बताए । इलाम, झापाबाट पनि आफनो उत्पादन लिएर आउँने भएका छन् ।
महोत्सव आयोजना गर्दा करिव २५ लाख खर्च हुने अनुमान गरिएको छ ।

२५ वटा स्टलमा विभिन्न स्थानिय उत्पादन र खाद्यन्नका रहेका छन् । महोत्सवमा मनोरञ्जनका लागि खेल र साँगितीक कार्यक्रम समेत हुनेछ । महोत्सवमा कमल खत्री, प्रमोद खरेल, ज्योति मगर, मेलिना राई, डम्बर नेपाली, श्रीकृष्ण लुईँटेल (बोके दाह्री) लगायतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने बेतना दैनिकले समाचार छापेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्