भारतसँगको इन्धन सम्झौता नवीकरण, मागे जति इन्धन उपलब्ध गराउनु पर्ने

<span class='c1'>भारतसँगको इन्धन सम्झौता नवीकरण, मागे</span> <span class='c2'>जति इन्धन उपलब्ध गराउनु पर्ने</span>

प्रबिन दाहाल

नेपाल र भारतबिच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ । आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमबार नयाँदिल्लीमा नवीकरण सम्झौता भएको हो । आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठका अनुसार नवीकरण सम्झौतानुसार अब नेपाललाई मागेजति इन्धन भारतीय आयल कर्पारेसन (आइओसी)ले उपलब्ध गराउनेछ ।

नेपाललाई उपलब्ध गराइने इन्धन अहिलेको तुलनामा नेपाल–भारतसीमा सुनौली र वीरगन्ज क्षेत्रबाट नजिक सुविधासम्पन्न र ठूला डिपो राखिने र त्यसबाट नेपाललाई वार्षिक रुपमा एक अर्ब रुपैयाँ भन्दा बढी रकम बचत हुने बताईएको छ । भारतबाट नेपाललाई इन्धन उपलब्ध गराएबापत प्राप्त गर्ने नाफाको सीमा शून्य दशमलव पाँच प्रतिशत घटाउन मन्जुर गरिएको छ । त्यसबाट नेपालमा ल्याइने इन्धन आपूर्तिको लागत अहिलेको तुलनामा कम हुनेछ ।

नेपाल र भारतबिच इन्धन आयात गर्ने सम्बन्धमा सहमतिमा पुग्न अप्ठ्यारो भएमा तेस्रो पक्षको मध्यस्थतालाई स्वीकार गरिने विषय पनि सम्झौतामा परेको उल्लेख छ । नेपालले भारतसँग वार्षिक रुपमा एक खर्ब रुपैयाँभन्दा बढी मूल्यको इन्धन आयात गर्दै आएको छ ।

नेपाल र भारतबीच रक्सौलबाट अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपमार्फत उपलब्ध गराउने सहमति भएअनुरुप काम अघि बढिरहेको छ । इन्धनसम्बन्धी सहमतिका लागि नेपाल आयल निगमको टोली आइतबार नयाँ दिल्ली पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्