सरकारी वकिलको कार्यालयबाटै अाराेपी फरार

सरकारी वकिलको कार्यालयबाटै अाराेपी फरार

म्याद थपका लागि लगिएका एक लागू औषध कारोबारी फरार भएका छन् । चार दिन अगाडि धरानबाट लागू औषधसहित प्रक्राउ परेका मोरङको बेलबारी १० का विरेन खत्री सरकारी वकिल कार्यालयको बयानकक्षबाट नै फरार भएका हुन् ।

गत चेैत्र ९ गते ५ सेट टिटीजेसिक सहित पक्राउ परेका खत्रीलाई दोस्रो पटक म्याद थपको लागी आइतबार सरकारी वकिलको कार्यालय इनरुवा लगिएको थियो । खत्री वयान कक्षवाट फरार भएसगै उनीलाइ लिएर जाने दुइ प्रहरी जवान कारबाहीमा परेका छन् । वयान कक्षमा सरकारी वकिल नभएको समयमा प्रहरी जवानहरु लोकवहादुर महत र जीवन श्रेष्ठ मोवाइलमा व्यस्त भएको मोैका छोपी खत्रि भागेको प्रहरीले जनाएको छ । प्रहरीहरुको लापरबाहीले थुनुवा भागेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले दुवै जना प्रहरी जवानहरुलाई निलम्बन गरी अनुसन्धान सुरु गरेका जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायव निरिक्षक प्रविण धितालले जानकारी दिए ।

उनले उनिहरुलाई आइतबार नै हिरासतमा लिएर म्याद थप गरी अनुसन्धान सुरु गरिएको वताए । दुवै प्रहरी जवानहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको र घटनाको अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलयय सुनसरीमा कार्यरत प्रहरी निरिक्षक शेसक राम थानदारको संयोजकत्वमा एक प्रहरी सहायक निरिक्षक र एक प्रहरी हवल्दार सहितको छानविन टोली बनाइ विभागीय अनुसन्धान समेत सुरु गरिएको प्रहरी नायव उपरिक्षक धितालले वताए । बेतना दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्