अज्ञात समूहले लगायो विद्यालयमा आगो

<span class='c1'>अज्ञात समूहले लगायो</span> <span class='c2'>विद्यालयमा आगो</span>

बैतडी। बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ ।

सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

आगजनीबाट विद्यालयको कार्यालयका सबै कागजात पनि जलेर नष्ट भएका छन् । आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी, भारत नामको पर्चा छरिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

गुड भिजन पार्टी, भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पद्मबहादुर बिष्टले विद्यालयमा अनियमितता गरेको, अरू शिक्षकलाई अन्य कार्यमा लगाएको, विद्यालयको पढाईमा ध्यान नदिएकोलगायतका आरोप लगाएको प्रहरीले बताएको छ ।

घटनाका बिषयमा अनुसन्धान सुरु भएको र उक्त घटनामा संलग्नको खोजी कार्य सुरु भएकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यालय भवनमा आगजनी हुँदा विद्यार्थीलाई भने पठनपाठनको समस्या भएको छ ।

यसबारे बुझ्न पुरघाट प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी गएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्