ट्राफिक व्यवस्थापनमा समस्या पारेको भन्दै पोखरामा विद्युतीय रिक्सा प्रतिबन्ध

<span class='c1'>ट्राफिक व्यवस्थापनमा समस्या पारेको भन्दै</span> <span class='c2'>पोखरामा विद्युतीय रिक्सा प्रतिबन्ध</span>

पोखराः पोखरामा बुधबारदेखि लागू हुने गरी विद्युतीय रिक्सा प्रतिबन्ध भएको छ । गण्डकी यातायात व्यवस्था कार्यालय पोखराले पोखराको ट्राफिक व्यवस्थापनमा ई–रेक्साले थप समस्या पारेको तथा उपत्यका र पहाडी क्षेत्रमा ई रेक्सा अनुमति नदिएकाले पोखरामा ई–रेक्सा पूर्णरूपमा प्रतिबन्ध गर्न लागिएको कार्यालय प्रमुख तिलक पौडेलले बताए ।

उनका अनुसार यातायात व्यवस्था कार्यालय जिल्ला समन्वय समितिका अध्यक्ष हरिप्रसाद मैनालीको अध्यक्षतामा गत फागुन ८ गतेको बैठकले उक्त निर्णय गरेको हो ।
कार्यालय प्रमुख पौडेलका अनुसार समितिले उक्त निणर्य पूर्णरूपमा कार्यान्वयन गर्न जिल्ला ट्राफिक कार्यालयलाई दिइएको बताए ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका सहायक प्रहरी निरीक्षक शिव थापाले समितिको निर्देशन कार्यान्वयनका लागि आफूहरूले काम सुरु गरेको बताए । यही चैत ८ देखि १५ गतेसम्म ई–रेक्सा चालकहरूलाई सम्झाइ–बुझाइ गर्ने अभियानमा रहेको थापाले बताए ।

चैत १६ गतेदेखि सञ्चालन गर्न नदिने बताएका उनले चैत १८ गतेदेखि कुनै पनि ई–रेक्सा पोखरामा चल्न नदिने यदि चलेको भेटिएमा कारबाही गरिने चेतावनी दिए । पोखरामा हाल करिब ४० वटा ई–रेक्सा व्यावसायिक रूपमा सञ्चालनमा आएका छन् । तीन पाङग्रे ई–रेक्सा व्यावसायिक हिसाबले सामानहरू ओसार–पोसारमा धेरै सहज भएको व्यवसायीहरूले बताएका छन् । पोखराका एक ई–रेक्सा चालक देवीप्रसाद पौडेलले आफूहरूले गरी खान पाउनुपर्ने माग गरे । कारोबार दैनिकमा समाचार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्