विराटनगर १६ चैत्र ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले अब कुनै पनि हालमा निर्वाचन मिति नसर्ने जिकिर गरे । उनले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन आवश्यक रहेको चर्चा गरेका छन् । नेता पौडेलले जायज मागहरु सम्बोधन गरेर मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिए ।
मधेसी मोर्चाले उठाएका मागका विषयमा छलफल भइरहेको बताएका छन् । मधेसी मोर्चाको असहमतिमा चुनाव कसरी सम्भव होला भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले वार्ता र छलफलका माध्यमबाट मोर्चाका मागहरुलाई सम्बोधन गर्ने पनि स्पष्ट पारे ।