‘उग्र राष्ट्रवाद र उग्र मधेशवादले विखण्डन तिर लैजान्छ’ , कांग्रेस नगर सम्मेलन

<span class='c1'>‘उग्र राष्ट्रवाद र उग्र मधेशवादले विखण्डन</span> <span class='c2'>तिर लैजान्छ’ , कांग्रेस नगर सम्मेलन</span>

विनु तिम्सिना

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आपसी मतमतान्तरलाई त्यागेर स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकतालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस विराटनगरको नगर सम्मेलनमा बोल्दै उनले देश संकटको अवस्थामा रहेकाले आपसी मतमतान्तरलाई त्यागेर निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । निर्वाचनमा नभएमा संविधान कार्यान्वयन नहुने र संघियता खतरामा पर्ने उनको भनाई थियो ।

[caption id="attachment_30764" align="aligncenter" width="640"]तस्विर साभार: भिम पराजुलीकाे फेसबुकबाट तस्विर साभार: भिम पराजुलीकाे फेसबुकबाट[/caption]

यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले चुनावलाई भय रहित बनाउन संविधानसँग गासिएका असन्तोषलाई समाधान गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले मधेशवादी दलहरुले आफूले भनेजस्तै संविधान संशोधन हुनपर्ने हठ त्याग्नु पर्ने बताए भने एमाले संविधान संशोधनको बाटो खुलाउनु पर्ने स्पष्ट पारे।

यस्तै केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर र डाक्टर शेखर कोइरालाले उग्र मधेशवाद र उग्र राष्ट्रवादले देशलाई बिखण्डनतर्फ लैजाने स्पष्ट पारे । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर डिला संग्रौला, नेपाली कांग्रेस मोरङका सभापति डिक बहादुर लिम्बु ,सांसद अमृत अर्याल लगायतका नेताहरुले सहमति , सहकार्यलाई जोड दिएर चुनाव गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस नगर सभापति भिम पराजुलीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्