परराष्ट्रमन्त्री महतसँग भारतीय राजदूतको भेट

<span class='c1'>परराष्ट्रमन्त्री महतसँग भारतीय</span> <span class='c2'>राजदूतको भेट</span>

काठमाडौं, चैत १७ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग बिहीबार परराष्ट्र मन्त्रालयमा नेपालका लागि भारतका नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले शिष्टाचार भेट गरेका छन् ।

भेटकाक्रममा नेपाल र भारतको आपसी सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा कुराकानी भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री महतले स्थानीय तहको निर्वाचनको तयारी व्यापकरुपमा सरकारले गरिरहेको र त्यसमा सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा सहभागी गराउने गृहकार्य भइरहेको बताए ।

विकास प्रयासलगायत नेपालको बृहत्तर हितमा पुर्‍याउँदै आएको सहयोगप्रति मन्त्री महतले राजदूत पुरीमार्फत् भारत सरकारलाई धन्यवाद ज्ञापन गरे ।

मन्त्री महतले पुरीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरे ।

राजदूत पुरीले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धको स्मरण गर्दै आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई थप मजबुत् बनाउन आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्