मोरङमा आजदेखि औपचारिक रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । मोरङमा ४ हजार ६ सय स्वयंसेवक र ५ सय स्वास्थ्यकर्मीमार्फत २३ केन्द्रबाट औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
मोरङमा ९ लाख ३२ हजार ५ सय ५ जनालाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने लक्ष्य लिइएको छ । मोरङमा ९ सय भन्दा बढी हात्तीपाइले रोगका बिरामी छन् । अभियान दिनसम्म सञ्चालन गरिनेछ ।