सार्वजनिक निजी साझेदारी सम्बन्धी गाेष्ठी सुरू

<span class='c1'>सार्वजनिक निजी साझेदारी</span> <span class='c2'>सम्बन्धी गाेष्ठी सुरू</span>

विराटनगर, १७ चैत । राजनीतिक दल आर्थिक विकासमा केन्द्रीत भएका कारण सार्वजनिक निजी साझेदारी अवधारणा कार्यान्वयनमा आए लक्ष्य अनुसार सुधार हुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
विराटनगरमा बिहीबारदेखि सुरु भएको सार्वजनिक निजी साझेदारी सम्बन्धी दुई दिने गोष्ठीमा बोल्दै निजी क्षेत्रका व्यवसायी तथा योजना आयोगका अधिकारीले यस्तो बताएका हुन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर प्रधानले निजी क्षेत्र र सरकारको समान हिस्सेदारी हुनेगरी नीति निर्माण भए देशमा छिट्टै विकास हुने बताउनु भयो । नेपालमा लगानीको क्षेत्र व्यापक रहेको चर्चा गर्दै प्रधानले जताततै सुन फल्ने देशमा भारत, चीन लगायत अन्य राष्ट्रहरुले पनि आँखा गाडिरहेको बताउनुभयो । तर, नेपालमा उपर्युक्त नीतिको अभावमा समस्या भएको उहाँको दाबी थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगको सचिवालयका सदस्य डा.सुनिलबाबु श्रेष्ठले नयाँ नेपाल निर्माण गर्नका लागि नविनतम सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भारतमा ६ सय र चीनमा ८ सयभन्दा बढी अरबौं डलरको लगानीमा सार्वजनिक निजी साझेदारी अनुसार प्रोजेक्टहरु सञ्चालनमा रहेको उदाहरण पेश गर्दैै नेपालमा पनि त्यस खालको लगानी गर्ने र लगानीका लागि आउने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
विकास निर्माणमा निजी क्षेत्रको लगानी र सहभागिताबिना सम्भव नभएको भन्दै श्रेष्ठले सरकारले पूर्वाधार तथा सेवाहरुको न्यून रहेको स्थानमा यही अवधारणा अन्तर्गत लगानी बढाउनुपर्नेमा जोड दिए । नेपालका प्रत्येक नगरपालिकामा हाल १५० अर्ब बजेट आवश्यक पर्नेमा ३० अर्ब पनि उपलब्ध नभएको भन्दै सरकार एक्लैले आर्थिक व्यवस्थापन गर्न नसक्ने श्रेष्ठको दाबी थियो ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, राष्ट्रिय योजना आयोगका सदस्य संजयकुमार खनाललगायतले बाेलेका थिए । कार्यक्रममा सार्वजनिक निजी साझेदारी नीतिमा समेट्नु पर्ने विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्