‘अस्ट्रेलियामा ६ महिना पढ्दा रजिस्टर्ड नर्स हुने’ बारे ग्राजुएट काेचकाे सेमिनार

<span class='c1'>‘अस्ट्रेलियामा ६ महिना पढ्दा रजिस्टर्ड नर्स</span> <span class='c2'>हुने’ बारे ग्राजुएट काेचकाे सेमिनार</span>

विराटनगर चैत १८, हाल धेरै नेपाली नर्सहरुको लागि अस्ट्रेलिया निकै राम्रो र लोभलाग्दो गन्तव्य बन्दै गएको छ पढाइ तथा जागिरको लागि । अस्ट्रेलिया जान चाहने नर्सहरुको लागि विराटनगरको ग्राजुएट कोचले नयाँ कोर्सको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । विएसई नर्सिङ र बिएन सकाएका नर्सहरुको लागि अस्ट्रेलियामा ६ महिनाको कोर्स गर्दा रेजिस्टर्ड नर्स बन्न सकिने तथा पिआरको लागि आवेदन दिन सजिलो हुने कोर्सको विषयमा स्काईप अन्तरक्रिया कार्यक्रम अप्रिल ५ तारिखमा बिराटनगरको पर्पल हेज रेस्टुरेन्टमा गर्न लागिएको ग्रजुएट कोचका नेपाल निर्देशक विश्वेस रिजालले बताए ।

दिउँसो २:३० बजे सुरु हुने उक्त अन्तरक्रियामा सामेल हुन चाहने नर्सहरुको लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको पनि उनले बताए । यस्तो कोर्सले नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलियामा स्थापित हुन चाडै मद्दत गर्ने पनि रिजालले दाबी गरे । ग्राजुएट कोचले अस्ट्रेलिया लगाएतबा देश जान गरिने आईएलटिएस कोर्स पढाउदै आएको र अस्ट्रेलियामा जागिरको लागि पनि सहयोग गर्ने निर्देशक रिजालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्