सुनसरीको दुई स्थानमा सवारी दुर्घटना, ४ घाइते

सुनसरीको दुई स्थानमा सवारी दुर्घटना, ४ घाइते

सुनसरी, चैत्र १८ गते। सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा विहीबार भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन्। ईटहरी उपमहानगरपालिका-१३ स्थित कोशीमार्गमा इटहरीबाट दुहबीतर्फ आउँदै गरेको को २५ प ५२८३ नम्बरको मोटरसाइकल बाटोको छेउमा राखीएको रोडरमा ठोक्किदा मोटरसाइकल चालक दंगा नियन्त्रण प्रहरी गण दुहबीमा दरबन्दी भइ ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीमा कार्यरत प्रहरी जवान सागर थापा र पछाडी सवार सोही कार्यलयमा कार्यरत प्रहरी जवान प्रबिन राई घाईते भएका छन् ।

घाइते दुवैको विराटनगरको स्थानिय अस्पतालमा उपचार भइरहेको छ। यता इटहरी-२० स्थित तरहरा चोक नजिकै ईटहरीबाट धरानतर्फ जादै गरेको को २२ प ६०७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको को १ ख ३५१७ नम्बरको बसले ठक्कर दिदाँ मोटरसाइकलमा सवार तत्काल नामथर वतन खुल्न नसकेका दुई जना घाइते भएका छन्। घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। ठक्कर दिने बस र चालकलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्