विराटनगरमा शनिवार राेबाेटकाे कुस्ती हुने

विराटनगरमा शनिवार राेबाेटकाे कुस्ती हुने

पुसेट क्ल्ब अफ रोबोटिक्स एन्ड टेक्नोलोजीकाे अायाेजनामा विराटनगरमा राेबाे कुस्ती प्रतियाेगिता हुने भएकाे छ । विश्वभरी अप्रिल एक तारिकमा मनाइदै अाएकाे आरडिनो डे मनाउने क्रममा भाेली शनिवार विराटनगरकाे पुसेट कलेजमा राेबाेटहरूकाे कुस्ती प्रतियाेगिता राखिएकाे हाे । विराटनगरसँगै यस्तै कार्यक्रम विश्वभरी ७९ देशका ४ सय ९३ भन्दा बढि स्थानमा हुदै छ ।

सो अवसरमा राेबाे कुस्तीका साथै आरडिनो प्रेजेन्टेसन्,  आरडिनो क्विज र आरडिनो वर्कसप समेत हुनेछ । आर्डिनो डे नेपाल भरी बिराटनगर र काठमाडाैंमा मात्र हुने गरेकाे अायाेजकहरू बताउछन् । यो कार्यक्रमको मुख्य उदेश्य प्रविधिमा रहेको बिद्यार्थीलाइ आरडिनोको र यस्काे उपयाेगिताका बारेमा जानकारी दिने उद्देश्य रहेकाे बताइएकाे छ । यसै साथ वर्कसपमा रोबोट बनाउन सिकाइने उल्लेख गरिएकाे छ । विभिन्न युवा विद्यार्थीहरूले बनाएकाे रोबोटहरू बिच रोबोट प्रदर्शनी र कुस्ती हुनेछ ।

कार्यक्रम पुसेट क्लब अफ रोबोटिक्स र टेक्क्नोलोजी फेसबुक पेजबाट प्रत्यक्ष हेर्न पाइनेछ ।

सो कार्यक्रमकाे प्रमुख अतिथी पुसेट कलेजका प्रमुख मनोज कुमार हलुवाइ, बिशेष अतिथिका रूपमा  राष्ट्रिय सुचना तथा संचार प्रविधि परिषदका सदस्य तथा क्यान मोरङका अध्यक्ष निर्मल तामाङकाे सहभागीता रहने क्लबका अध्यक्ष नबिन दाहालले जानकारी दिए ।

कसरी हुनेछ राेबाे कुस्ती ?

[caption id="attachment_30866" align="aligncenter" width="571"]Robot fight in biratnagar फाइल तस्विर[/caption]

कार्यक्रमकाे मुख्य अाकर्षणकाे रूपमा रहेकाे राेबाे कुस्तीमा एक पटकमा दुइवटा राेबाेट एक अापसमा लड्नेछन् । दुबै राेबाेटले गाेलाे घेराका रूपमा बनाइएकाे मैदानमा एक सय २० सेकेन्डसम्म लड्नु पर्ने हुन्छ । प्रतियाेगितामा प्रतियाेगि अाफैले निर्माण गरेकाे राेबाेट बनाउनु पर्नेहुन्छ , बजारबाट किनेकाे राेबाेटलाइ प्रतियाेगितामा समावेश पाउदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्