अब चुनाब कुनै हालतमा राेकिदैन: देउवा

अब चुनाब कुनै हालतमा राेकिदैन: देउवा

बिनु तिम्सिना

विराटनगर,१८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी मोर्चा सहमतिमा नआएपनि निर्वाचन हुने बताएका छन ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै उहाले यस्तो बताएका छन् । जनताले निर्वाचन चाहेको बताउँदै उनले कुनै पनि पार्टी वा नेताले निर्वाचन नचाहदैमा निर्वाचन नरोकिने बताए ।
आम नागरिकमा चुनावी उत्साह बढीसकेकोले कुनैपनि हालतमा चुनाव नरोकिने उनले बताए । मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनावमा लैजानको लागि सिमांङकन बाहेकका सबै बिषयमा सहमति गर्न तयार रहेको स्पष्ट पार्दै उनले एकदुई दिन भित्रैमा मोर्चासँग सहमति हुने विश्वास समेत व्यक्त गरे । कार्यपालिकाको अधिकार न्यायपालिकाले हस्तक्षेप गरेको स्वीकार गर्दै सरकारले गर्ने निर्णय अदालतले गरेको प्रति उनले टिप्पणी समेत गरे । आइजीपि प्रकरणमा अदालतले दिएको फैसलामा कस्लाई बनाउने भन्ने विषय नभएको कारण सरकारले आफ्नो विवेकले निर्णय गर्ने देउवाले बताए । उसोभए आइजिपी को बन्छ त भन्ने जिज्ञासामा देउवाले पर्खेर हेर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्