सकिन्छ विराटनगरको विकास गर्नलाई – निर्मल भण्डारी

सकिन्छ विराटनगरको विकास गर्नलाई – निर्मल भण्डारी

निर्मल भण्डारी
एशियालीदेश सिंगापुर, युरोपको विकसित देशभन्दा कुनै फरक छैन् । अति सुन्दर, व्यवस्थित, सफा सिंगापुर देखेर मलाई हास उठ्यो । अनि लाज पनि लाग्यो । हाँस किन उठ्यो भने, हाम्रो नेताले नेपाललाई सिंगापुर बनाउछु भनेर भाषण गरेको सुनेकोले । लाज लाग्यो आफ्नो देशलाई केही गर्न नसकेकोमा । अनि सोचे । ती नेताले सिंगापुर नदेखि गफ दिएका हुन की ? हामी सोझा नेपालीलाई झुक्याउन खोजेका हुन । कहिले सिंगापुर बनाउने कुरा गर्छन । कहिले स्वीजरल्याण्ड । गफ र कुराले देश बन्दैन भन्ने समेत थाहाँ रहेनछ क्याहो ? कसरी विकास हुन्छ ? कसरी सम्भव होला ? 

यसको विषयमा छलफल नै नगरी प्याच्च बोलेर के होला ? खोक्रो सपनाको महलमा पुर्याएर फेरि तल झारेर मात्र के हुन्छ ? यो त पूरानै चलन हो । यसले देशको विकास हुनु भनेको वालुवाको महल बनाउन जस्तै हो । खोक्रो नारा र आडम्बरी सपनाको जाल बुनेर जनतालाई झुक्याउनु भन्दा कम्तीमा नौलो कामको सुरु गरे नेपाली जनताले सलाम गर्ने थिए । भावी पुस्ताले नेपाली भएकोमा गर्व गर्ने पाउने थिए । पुर्खालाई सलाम गर्ने थिए । हाम्रो देशको विश्वभरी पहिचाँन मिल्ने थियो ।

सिंगापुरका गगनचुम्वी र व्यवस्थित घरहरु, फराकिलाबाटो, व्यवस्थित ट्राफिक, सचेत नागरिक, सफा र हरियाली शहर हेर्दै मन फुरुङ्ग भयो । कसरी भयो होला यस्तो ? मनमा खुल्दुली हुनु स्वाभाविक नै थियो । यो जिज्ञासा पूरा गर्न मन लाग्यो । मैले एक जना सिंगापुरको साथी रोजे यसका लागि । जो मेरा कार्यालयमा सिंगापुरमा काम गर्देथे । बेलुका सगै खानाखाने वहाना वनाई उनलाई निमन्त्रणा गरे । उनी मेरो निमन्त्रणालाई स्वीकार्दै बेलुकाको खाना खान आए । यही मौकाकोे फाइदा उठाउदै उनी समक्ष प्रश्न गरे । कसरी संम्भव भयो यो सिंगापुरको विकास ? उसले मुसुमुसु हास्दै भन्यो उत्कृष्ट योजना, लक्ष्य निर्धारण, उच्च स्तरिय कानुन र प्रभावकारी कार्यान्वयन ।

उसको कुरा सुनेपछि लक्ष्य निर्धारण भन्ने शब्दले मलाई घच् घचायो । के हो त लक्ष्य निर्धारण ? पून सोधे यही प्रश्न । उसले लक्ष्य निर्धारणका वारेमा धेरै कुरा वतायो । उसको कुरा सुनर म छक्क परे । हरेक कुराको लक्ष्य निर्धारण शिक्षा,स्वास्थ्य,खानेपानी, यातायात,नागरिक सुरक्षा, वातावरण व्यवस्थापन, शहर सुदृढीकरण सबै क्षेत्रको विकासको लक्ष्य निर्धारण हुने र त्यसको प्रभावकारी कार्यान्वयनमा समेत लक्ष्य निर्धारण हुने रहेछ । जसलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि प्रतिवद्ध नेता, अनुशासित जनता, जनता सुहाउदो कानुन नै रहेछ । त्यहाँ दाई शासन,दीदीको शासन हैन विधिको शासनले काम गर्दाे रहेछ । हामी नेपाली जहीले पनि दाई र दीदीको शासनमा वानी परेका छौं । विधिको शासन बुझ्न सकेका छैनौ । 

एउटा नेपालीमा उखान छ । मान्छेले बुझ पचाँयो, धर्तीले वीऊ पचाँयो भने त्यो ठाउँ बस्न लायक हुदैन । तर त्यसको ठिक उल्टो हामी त्यही ठाउँमा वसेका छौ ।
उसका कुरा सुन्दै गर्दा मैले समग्र नेपाललाई त कल्पना गर्न सकिन । मात्र एउटा शहरलाई सम्झे । जहाँ मेरो जीवनको केही महत्वपूर्ण समय विताएको थिए । त्यो ठाउँ थियो विराटनगर उपमहानगर पालिका । जसलाई सिगांपुरको वसाइमा दाज्न थाले । अनि कसरी विराटनगरलाई एउटा देश कै उत्कृष्ट सुशाशित शहर वनाउने त्यही कुरा सोच्न पुगे ।
मैले सोच, कसरी विराटनगरलाई समृद्ध शहर बनाउने ? ऐतिहासिक शहर, आठ जना प्रधान मन्त्रीलाई जन्माएको जिल्ला, सयौ मन्त्री जन्माएको नगरमा कसैले केही चमात्कारी परिवर्तन गर्न त सकेनन् म सामान्य मान्छेले के नै गर्न सक्छु र ? मेरो हिम्मतमा अलीकता कमी आएको महसुस ठाने । मलाई आफ्नो विचार प्रति नै लाज लाग्यो । फेरी सोचे ? आफूले जानेको,बुझेको कुरा भन्नु पर्छ । यो मेरो कर्तव्य भन्ने ठाने । एउटा सचेत नागरिकको कर्तव्य पनि यहि हो ।

मैले सोचे । समग्र नेपाल लाई एकै पटक विकास गर्न नसके पनि । विकासको यात्राको सुरुवात आफ्नै नगरबाट सुरु गर्न त सकिन्छ होलानी । विकासका लागि विश्वास र विश्वासको लागि प्रतिवद्ध र प्रतिवद्धको लागि बुझाई आवश्यक छ । म एउटा सामान्य नागरिक हु । मैले विराटनगरको विकासका लागि सचेत हुनु आवश्यक छ । म एउटा सचेत नागरिक भएको कारणले गर्दा मैले अनुभव गरेको विकासका मार्गहरुलाई पहिल्याने प्रयास गरे । ती कुरा सबैलाई जानकारी गराउनु पर्छ भन्ने ठाने । अन्ततः यसैका आधारमा यस लेखलाई तयार गरे ।
एउटा ब्यक्ति,घर,संस्था र संगठन जसका लागि पनि विकास आवश्यक छ । विकासको लागि योजना चाहिन्छ । योजना पूरा गर्न प्रभावकारी कार्यान्वयन चाहिन्छ । हाम्रो देशमा योजना छ । व्यवस्थित छैन् साथै कार्यान्वयन पक्ष पनि फितलो छ । योजनाबाट प्राप्त गर्न चाहेको लक्ष्य के होे ? सबै सरोकारवाला, अधिकारवाला र सेवा प्रदायकलाई ज्ञान हुनु जरुरी छ । जुन अहिले सम्म खड्किएको अभाव हो । यसका वारेमा न त सेवा प्रदायक लाई चासो छ नत हकवाला नै अग्रसर छन । जसलाई जे मन लाग्छ । त्यही भएको छ । बुझ्ने बोल्दैनन्, बोल्ने बुझ्दैनन् । बुझाउने चुपचाप छन् । त्यसैले मेरो सिंगापुरे मित्रले भनेका आधारबाट विकास गर्नु जरुरी छ । विकसित मूलकको विकासको आधारहरु पहिचाँन गर्नु र राम्रो पक्षको अनुसरण गर्न जरुरी छ ।

हामी सामान्य नागरिकको हिसाबले अबको १५ वर्ष पछि विराटनगर कस्तो हुनेछ ? हामी कसैलाई थाहाँ छ ? हाम्रो विराटगरले कस्तो रुप धारण गर्ने छ ? के यो विराटनगर ५० वर्ष पछि युरोपको कुनै एउटा भाग जस्तो बन्न सक्छ ? विराटगरको रुप कसैले पनि कल्पना गरेको छैन । किन भने हामीसँग कुनै योजना छैन । विराटगरलाई शैक्षिक हब वनाउने कुरा अखवारका खवर हुन । समय समय चर्चा भए पनि वास्तविक रुपमा भन्ने हो भने शैक्षिक हव भनेको केहो ? अधिकांशलाई जानकारी छैन । चर्चामा आउछ । सेलाउछ । सकिन्छ । फेरि अर्काे योजनाले चर्चा पाउछ । सकिन्छ । यस्तै परिस्थितिमा कछुवाको तालमा विकास दौडिन्छ । यो विकासको गतिले हामी नेपालीले कहिले पनि परिवर्तनको श्वास फेर्न र देख्न सक्दैनन् । बुझ्ने भएपछि देखेको अहिलेसम्म यस्तै चलेकै छ । चल्दै छ ।
विकासको लागि एकिकृत योजना, योजनाको पारदर्शिता, योजनामा जनताको समान सहभागिता, प्रभावकारी कार्यान्वयन, उत्कृष्ट अनुगमन तथा नेतृत्ववर्गको प्रतिवद्धत्ता हुन जरुरी छ । विकासका लागि नेतृत्व वर्ग राजनितिभन्दा माथि उठ्न सक्नु पर्छ । विकासलाई राजनैतिक मुद्धा बनाउनु हुदैन । अहिले कै परिप्रेक्षमा हेर्ने हो भने नेपालका शक्तिशाली पार्टीमा विराटनगर कै व्यक्तिले नेतृत्व गरिरहेका छन । हालको मन्त्रीमंडलमा ३ जना व्यक्ति विराटगर कै सन्तान हुन । जुन पार्टीको नेतृत्व गरेपनि समग्र विराटनगरलाई एउटै पार्टी वनाउन जरुरी छ । एउटै विराटनगर पार्टीमा विकासको लागि राजनीति गर्न जरुरी छ । चुनावका वेला नेताले जनतासँग गरेका प्रतिवद्धता कति पूरा भयो या भएन, यसको जनताबाट समीक्षा हुनु जरुरी छ । जनताले राम्रो काम गर्नेलाई स्यावासी र गलतबाटो रोज्नेलाई सजाय दिन सक्नु पर्छ । जनता स्वयम् आफ्नो ठाउँको विकास गर्नका लागि तयार हुनु पर्छ । राम्रोलाई होइन हाम्रोलाई सहयोग गर्ने परिपाटी अन्त्य हुनु पर्छ । हाम्रोलाई होइन राम्रोको परिरिपाटीको विकास हुन जरुरी छ ।
अब विराटगरवासीले सोच्ने दिन आएको छ । विराटगरका नेतृत्व वर्ग प्रतिवद्ध हुने वेला आएको छ । हामी सबै मिलौ र भनौ आहाँ राम्रो विराटगर हाम्रो । हाम्रो विराटनगरलाई राम्रो वनाउनको लागि सबैभन्दा पहिले एउटा एकिकृत विराटनगरको परिकल्पाना तयार गरौ । परिकल्पना भनेको अबको १५ वर्षमा विराटगरलाई कस्तो वनाउने हो । वा कस्तो भएको देख्न चाहाने हो ? परिकल्पना तयार गरेपछि विषययगत विकासका लागि लक्ष्य तयार गरौ । शिक्षा, स्वास्थ्य, खानेपानी, शहरपूर्वाधार, महिला सशक्तिकरण, बाल अधिकार, बातवरण र सुशासनको जस्ता क्षेत्रको विषयगत लक्ष्य तयार गरौ । विषयगत लक्ष्य वनाएपछि , विषयगत उद्देश्यहरु तयार गरौ । जस्तो उदाहरणको लागि शिक्षाको लक्ष्य तयार भएपछि यसको ५ वटासम्म उद्देश्य तयार गरौ । जस्तै विद्यालय शिक्षा, निजी विद्यालय, उच्च मावि, अनैपचारिक शिक्षा जस्तो कुरा उद्देश्य राख्न सकिन्छ । यसरी सबै लक्ष्यका उद्देश्य तयार गरे पछि । ती उद्देश्य पूरा गर्नका लागि के के क्रियाकलाप राख्ने भन्ने कुराको निर्धारण गरिनु पर्छ । विद्यालय शिक्षालाई गुणस्तरिय बनाउने यो उद्देश्य हो । यसलाई पूरा गर्न के के काम गरियो भने यो सम्भव हुन्छ । ती उद्देश्यलाई सम्बोधन गर्ने किसिमका क्रियाकलाप बनाउनु पर्छ । क्रियाकलाप पूरा भयो भने उद्देश्य पूरा हुन्छ । उद्देश्य पूरा भयो भने । लक्ष्य पूरा हुन्छ । लक्ष्य पूरा भयो भने परिकल्पना पूरा हुन्छ । यसरी योजना बनाएपछि त्यो परिकल्पना पूरा गर्न कस्तो मानव श्रोत चाहिन्छ । कुन निकायको भूमिका के हुन्छ ? कति बजेट चाहिन्छ ? बजेटको श्रोत के हो ? त्यो समेत निर्धारण भएको हुनु पर्छ । समग्र योजनाले विकासका हरेक चरणलाई प्रष्ट गरेको हुन्छ । सबै निकायलाई विकासको बाटो र आफ्नो भूमिका प्रष्ट हुन्छ । जसका कारण उनीहरुलाई काम गर्न हौसला प्राप्त हुन्छ ।
हामी विराटनगरवासी सबै मिलेर कम्तिमा १५ वर्षे परिकल्पना तयार गरौं । विराटनगरका नेतृत्व वर्गमा माहामहिमहरुले यस कार्यका पार्टी, दल भन्दा माथि उठौं । समग्रमा परिकल्पना तयार गर्ने प्रत्यक्ष जनताको सहभागितामा गरौं । यसका लागि जिल्ला विकास समिति, मोरङ्ग तथा विराटनगर नगरपलिकाले प्रमुख भूमिका निर्वाह गर्नु पर्छ । 

यसका लागि सबै वडाका राजनीतिक दल, जनता, विराटगरमा काम गर्ने संघ संस्था, नीजि संस्थाको सम्लग्नमा योजना तयार गरौं । छाडा र जथाभावी भएका कामहरुलाई अन्त्य गरेर विकासको योजना भित्र पारौ । नगरमा क्रियाशिल संघ संस्थाले आफ्नो आवश्यकता भन्दा पनि नगरको विकासको योजना अनुरुप सञ्चालन हुनु पर्छ । योजना तयार, कार्यान्वयन , अनुगमन तथा मुल्याकंन सबै तहमा अधिकारवालाको प्रत्यक्ष सहभागिता हुनु जरुरी छ । यदि विराटनगर तिमीले विकासको नौलो गति समाउने हो भने सर्व प्रथम नगरको परिकल्पना, लक्ष्य निर्धारण गर्दै । नगरवासीलाई विकासको मूलप्रवाहमा ल्याउन सके हामी विराटगरवासी भएकोमा गर्व गर्न पाउने थियौ । अब छिटो गरौं । १५ वर्ष योजनाको प्रारुप तयार गरौै । यसैका आधारमा समृद्ध शहरको परिकल्पना गरौ । प्रभावकारी कार्यान्वयन, अनुगमन तथा मूल्याकंनले विराटगरको विकासको सुनिश्चितता गर्न सकिन्छ ।
विराटगरको विकास कसरी गर्ने भन्ने सुत्र हामीले बुझिसकेका हौ । यो एउटा नमूना मात्र हो । वास्तविक आवश्यकतालाई पहिचान गर्दै दीगो विकासको लागि जोड दिऔं । यो सुत्र विराटगरका लागि मात्र नभएर सबै नगर, गाविसले पनि गर्दा राम्रो हुने थियो । झन भर्खर मात्र नगरपालिका घोषण भएका शहरहरुले संस्थागत परिकल्पना गर्दै विकासलाई अगाडि बढाउन सकिनेछ । यदि हामी सबैले एकजुट भएर नगरको विकासको लागि वहस गर्न सक्यौं भने पक्का समृद्ध शहरको विकास गर्न सकिन्छ ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्