दुर्घटनामा पाँच जनाको मृत्यु

दुर्घटनामा पाँच जनाको मृत्यु

प्रबिन दाहाल
बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित ४० किलो जंगलमा शुक्रबार राती दुई वटा सबारी साधन एकआपसमा ठोकिंदा पांच जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाईते भएका छन् ।

इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार शुक्रबार राती एक बजे दाङबाट काठमाडौं तर्फ आउंदै गरेको ना ४ ख ४९९५ नंम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको भारतीय नम्बरकोे ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्युहुनेमा दाङ्ग सिरीगाउँका वलिराम चौधरी, सोही ठाउँका विरबल चौधरी, सुर्खेत जुमखोलाका हरि रामजाली मगर रहेका छन् । उनीहरु सबै बसमा सवार थिए । त्यसैगरी ट्रकमा सवार भारत उत्तरप्रदेश बराहीच जिल्ला दरगा गाउँ बस्ने ३० वर्षिय बिएच खानको मृत्यु भएको छ । बसमा सवार अन्य एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाईतेहरुको बुटवलमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्