विराटनगरबाट लागूऔषधसहित तीन पक्राउ

विराटनगरबाट लागूऔषधसहित तीन पक्राउ

मोरङ, चैत्र १९ गते। मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले शुक्रबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा कोशि-हरैचा-२ बस्ने बर्ष १८ को महबद सदास आलम सुनसरी धरान-१७ बस्ने १७ बर्षिय बिकाश बस्नेत र सोही ठाउँका १६ बर्षिय रेबु परियार रहेका छन्।

उनीहरुलाई लागूऔषध नियन्त्रण व्युरो विराटनगर र सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले आलमको साथबाट नाईट्रोसन २०३ ट्याबलेट बरामद गरेको छ भने अन्य दुईजनाको साथबाट नाईट्रोसन-८० ट्याबलेट र प्रतिबन्धीत औषधी स्पास्मोप्रोक्सिवन २८८ ट्याबलेट बरामद गरेको छ। पक्राउ परेका तीनैजनालई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसौन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्