खोटाङ, चैत्र १८ गते। खोटाङको जाल्पा -८ फेदि बस्ने अन्दाजी ४५ बर्षिया बिना कुमारी श्रेष्ठको विहीबार मिलको फितामा सल बेरिएर मृत्यु भएको छ।
स्थानिय गणेश राईले चलाएको मिलमा मकै पिसिरहेको अबस्थामा बिनाको घाँटीमा लगाएको सल एक्कासी फितामा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको स्थानियले बताए। घटना बारे शुक्रबार विहान मात्र प्रहरी चौकी जाल्पामा खबर प्राप्त भएपछी प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।