हिसान नयाँ स्वरूप अनुसार विश्वविद्यालय तहसम्म विस्तार

<span class='c1'>हिसान नयाँ स्वरूप अनुसार</span> <span class='c2'>विश्वविद्यालय तहसम्म विस्तार</span>

उच्च शिक्षालय तथा  विद्यालय संघ नेपालले नया संरचना अनुसार आफनो कार्यक्षेत्र विस्तार गर्ने तयारी गरेको छ । प्लस टु कक्षा ११ र १२ कक्षा केन्द्रित हिसान अब माध्यमिक तह देखि विश्वविद्यालय तह सम्म विस्तार भएको छ ।

नयाँ शिक्षा ऐनले  कक्षा १२ सम्मलाई माध्यमिक तह मानेपछि हिसान सोही अनुसार अघि बढेको केन्द्रिय अध्यक्ष  रमेशकुमार शिलवालले जानकारी दिए । विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा हिसानले विराटनगरमा बसेको चौथो केन्द्रीय बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश संरचना र विश्वविद्यालय संरचना अनुसार जाने निर्णय गर्दै जिम्मेवारी तोकिएको जनाइको छ ।

हिसानका केन्द्रिय उपाध्यक्षहरुलाई काम गर्ने विभिन्न जिम्मेवारी तोकिएको छ । बैठकले केन्द्रिय समितिलाई पूर्णता दिन शंकर घिमिरे, प्रनिता बराल, पारस श्रेष्ठ,नारायण उपाध्याय, नरेश श्रेष्ठ र शुनिल श्रेष्ठलाई केन्द्रिय सदस्यमा मनोनित गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्