अन्तराष्ट्रिय पदक बिजेता नेपाली भलिबल टाेलीले जनही एक लाख पाउने

<span class='c1'>अन्तराष्ट्रिय पदक बिजेता नेपाली भलिबल</span> <span class='c2'>टाेलीले जनही एक लाख पाउने</span>

पहिलोपटक अन्तर्राष्ट्रिय पदक जित्ने नेपाली पुरुष भलिबल टोलीलाई सरकारले पुरस्कृत गर्ने भएको छ ।

टोलीका सदस्यलाई सरकारले जनही १ लाख रुपैयाँ दिने भएको छ । टोलीको स्वागतमा गएराति त्रिभुवन विमानस्थल पुग्नुभएका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार दिने घोषणा गर्नुभएको हो । टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतका लागि मन्त्री श्रीपालीसहित, नेपाल भलिबल संघका पदाधिकारी, खेलाडी, भलिबल क्लबका पदाधिकारीको उपस्थिति थियो ।

माल्दिभ्समा बिहीबार सम्पन्न प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो । कीर्गिस्तान विजेता बनेको च्याम्पियनसिपमा तुर्कमिन्स्तान रजत पदक जितेको थियो । लिग चरणमा माल्दिभ्सलाई हराएपछि नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक पक्का भएको थियो । ४१ वर्षअघिबाट अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको नेपाली पुरुष टोलीले पदक जितेको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्