‘धर्म परिवर्तनकाे प्रवृती रोक्न कडा कानुन आवश्यक’

<span class='c1'>‘धर्म परिवर्तनकाे प्रवृती रोक्न</span> <span class='c2'>कडा कानुन आवश्यक’</span>

विराटनगर १९ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न खोज्ने प्रवृती रोक्न कडा कानुुन आवश्यक रहेको बताएका छन्  ।

कोइराला सेवा समाज नेपालको आठौं राष्ट्रिय महाधिवेशनको शनिबार  विराटनगरमा उद्घाटन गर्दै नेता कोइरालाले आफनो धर्म संस्कृतिको रक्षागर्नु सवैको अधिकार भएको भन्दै  प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रवृतिलाई सवैले निरुत्साहित बनाउनुपर्ने बताएका हुन् ।

कोइराला परिवारले मुुलुकमा प्रजातन्त्र स्थापनाका लागि ठूलो त्याग गरेको उल्लेख गर्दै उनले  हिमाल , तराई , पहाड र मधेशको भावनालाई जोड्न कोइराला समाज सक्रिय लाग्नुुपर्ने बताए ।  कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका नेता एवम् सांसद अशोक कोइरालाले कोइराला परिवारले मुलुकको हितका निम्ति नै सम्पुुर्ण जिवन खर्चेको विचार व्यक्त गरे ।

 दुुई दिनसम्म चल्ने महाधिवेशनमा मुुलुुकभरका ३ सय १७ जना प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनले नया नेतृत्व समेत चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्