तोकिएकै मितिमा स्थानियतहको निर्वाचन हुन्छ : देउवा

<span class='c1'>तोकिएकै मितिमा स्थानियतहको निर्वाचन</span> <span class='c2'>हुन्छ : देउवा</span>

चैत्र १९ विराटनगर । नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले  दलहरुको सहमतीमा तोकिएकै मितिमा स्थानियतहको निर्वाचन सम्पन्न हुने बताएका छन्  ।

विराटनगरमा शनिबार बिहान  संचारकर्मीसंग  कुरागर्दै उनले मुलुक निर्वाचन तर्फ उन्मुख भइ सकेकाले निर्वाचन नरोकिने प्रष्ट पारे। संविधान कार्यान्वयका लागीपनी निर्वाचन आवश्यक रहेको उनको भनाई थियो ।

सभापती देउवाले वैशाख ३१ गते हुने निर्वाचनमा सहभागी हुन जनता उत्सुक रहेकाले निर्वाचनको बिकल्य नभएको बताए । उनले सबैतिर निर्वाचनको माहौल बन्दै गएकाले निर्वाचन हुनेमा ढुक्क रहन सवैलाई आग्रह समेत गरे ।

उनले निर्वाचनमा सहभागी गराउन मधेशवादीदलहरुसँग छलफल भइरहेकाले मधेशी मोर्चा पनी निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे  ।

शनिबार नै सभापती देउवाले विराटनगरमा पार्टी कार्यकर्तासंगको भेटघाटमा निर्वाचनका लागी गाँउगाँउ जान पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्