विराटनगर १९ चैत्र । विराटनगरले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन बुझाएको छ ।
विराटनगरलाई महानगरपालिका बनाउन भन्दै नगर समितिले शनिबार कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । विराटनगर ऐतिहासिक शहर , नेपालको दोस्रो शहर भएर पनि उपमहानगरपालिकामै सीमित भएको भन्दै महानगरपालिका बनाउन नगरसमितिले माग गरेको छ ।
विराटनगर भन्दा पछाडि विकास भएका शहरहरु महानगरपालिका भएका तर विराटनगर उपमहानगरपालिका मै सीमित भएकाले विराटनगरवासीको चाहना भनेको विराटनगरलाई महानगरपालिका बनाउने भएकाले महानगरपालिकाका लागि पहल गर्न आग्रह गरिएको छ ।
यस्तै विराटनगरको विकासको गतिविधिका बारेमा पनि जानकारी गराइएको थियो ।