विराटनगर १९ चैत्र । सिपमुलक एक हप्ते पत्रकारिता तालिम विराटनगरको बैजनाथपुरमा शुरु भएको छ । शनिवारवाट शुरु भएको तालिममा दलित,आदिवासी,थारु समुदायका युवा युवतीहरु सहभागी छन् ।
जिल्ला समन्वय समिति,सांसद भुटनीदेवी खवास र ग्रामिण जागरण साप्ताहिकको समन्वयमा एकहप्ते तालिम सञ्चालन भएको हो । कार्यक्रमको उद्घाटन एक कार्यक्रमका वीच सांसद भुटनी देवी खवासले गरिन् । सवै सम्प्रदायको सुचनाको पहुच पुर्याउने अवधारणा अनुसार पत्रकारिता तालिम प्रदान गरिन लागेको सांसद खवासले बताइन ।
तालिममा सञ्चार उपकरण र उद्रघोषण सम्वन्धि तालिम दिइने जनाएको छ । तालिमको समन्वय सञ्चारकर्मी पदमकुमार सरदारले गरेका छन् । कार्यक्रममा वडा नं १९ का बुथ सभापति शेषराज राजवंशीले कार्यक्रमलाई फलदायी वनाउन क्षेत्रीयरुपमा आफुहरुको सहयोग रहने प्रतिवद्धता जनाएका छन्