दाइजो न्यूनीकरण अभियान

<span class='c1'>दाइजो न्यूनीकरण</span> <span class='c2'>अभियान</span>

विराटनगर १९ चैत्र । मोरङको भाथिगञ्जमा दाइजो न्यूनीकरण अभियान सम्पन्न भएको छ । विराट राजवंशी युवा समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

सामाजिक बिकृतिको रुपमा रहेको दाइजो न्यूनीकरण गर्न गाउँगाउँमा सचेतना कार्यक्रम आयोजना गर्ने गरिएको आयोजक संस्थाका अध्यक्ष कुशेश्वर राजवंशीले जानकारी दिए ।

सो अवसरमा बोल्दै महिला शान्ति, अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष सञ्जु साह, वरिष्ठ गायक रामा मण्डल र युवा संगीतकर्मी विष्णु राजवंशीसहितका वक्ताहरुले ग्रामीणस्तरसम्म प्रभावकारी सचेतना फैल्याउन सके मात्र दाइजो न्यूनीकरण हुनसक्ने विचार व्यक्त गरे ।

   विराट राजवंशी युवा समितिले यसअघि एकदर्जन बढी स्थानमा दाइजो विरोधी कार्यक्रम गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्