मोरङ, चैत्र १९ गते। मोरङ केराबारी गाँउपालिका-५ याङसिला बस्ने ५५ बर्षिय नर बहादुर मगरको शुक्रबार घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएकोम छ।
घर नजिकै रहेको जंगलमा घाँस काट्न भनी गएका मगर घर फर्कि नआएपछी आफन्हरुले खोजी गर्ने क्रममा शनिबार विहान ५ बजे जंगल भित्र चिउरीको रुखबाट लडी मृत अवस्थामा फेला हुन्।
घटना स्थलमा इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ।