विराटनगरकाे केभिएम स्कुलमा अभिभावक पुनर्शिक्षा कार्यक्रम

विराटनगरकाे केभिएम स्कुलमा अभिभावक पुनर्शिक्षा कार्यक्रम

विराटनगर, २२ चैत्र । विराटनगरमा रहेको कोशी विद्या मन्दिर(केभिएम)ले अभिभावक पुनर्शिक्षा कार्यक्रम सुरु गरेको छ ।

केभिएमले आफ्नाे महिला अभिभावक (आमा) लाई अभिभावक पुनर्शिक्षा कार्यक्रम सोमबारदेखि तीन दिन सम्म हुने स्कूलका निर्देशक राजेशकुमार दासले जानकारी दिए ।

निर्देशक दासका अनुसार मंगलबार प्ले ग्रुपदेखि कक्षा १ सम्म, बुधबार कक्षा २ देखि कक्षा ५ र बिहिबार अन्तिम दिन कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुका महिला अभिभावक तथा आमाहरुले उक्त पुनर्शिक्षाबाट लाभ उठाउने कुरा बताए ।

जेनेसी मेनेजमेन्ट एण्ड रिसर्च सेन्टर काठमान्डौंका अभिभावक प्रशिक्षक तथा उत्प्रेरक रामप्रुसाद पाण्डे पुनर्शिक्षाको सहजीकरण गरेका थिए । पुनर्शिक्षा कार्यक्रममा ५ सय अभिभावले सहभागि रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्