गौतम बुद्ध सिंगीन स्टारको उपाधि विजेताले निशुल्क पढ्न पाउने

गौतम बुद्ध सिंगीन स्टारको उपाधि विजेताले निशुल्क पढ्न पाउने

प्रेम देवान

विराटनगर, २३ चैत । विराटनगरमा रहेको गौतम बुद्ध मेमोरियल बोर्डिङ स्कूलको आयोजनामा भएको गौतम बुद्ध सिंगीन स्टार सिजन – टुको उपाधि नितेस आलेमगरले जितेका छन् ।
स्कूल परिसरमा बुधबार सम्पन्न फाईनल प्रतियोगिताको फस्ट रनरअप रितिक राई भए भने सेकेण्ड रनरअप आयूषा श्रेष्ठ भइन् । उनीहरुले क्रमश स्कूलमा ५० प्रतिशत र ३० प्रतिशत छात्रावृद्धी समेत पाएका छन् ।

उनले चार जना प्रतिस्पर्धीलाई सिंगीन स्टारको उपाधि जितेका हुन् । उपाधिसँगै नितेसले अध्ययन गर्न लाग्ने शुल्क समेत निः शुल्क अध्ययन गर्न पाउने स्कूलका प्रिन्सिपल केशबलाल सिंह सुवालले घोषणा गर्नुभयो ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले गौतम बुद्ध स्कूलले अघिल्लो वर्षदेखियस्तो प्रतियोगिता निरन्तर गर्दै आएको स्कूलका प्रिन्सिपल सुवालले बताउनुभयो । उहाँले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न क्रियाकालपहरु समेत गर्दै आएको बताउनुभयो ।
प्रतियोगिताको निर्णायकमा गायक नितिन गजुरेल रहनुभएको थियो । फाइनलमा पुगेको प्रतियोगीहरुलाई गायक प्रवलदीप विश्वासले लामो समय प्रशिक्षण दिनुभएको थियो ।

सोही अवसरमा स्कूलले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितराण गरेको छ । जसमा वर्षभरीको अनुसासित विद्यार्थी रोनिस तामाङ्ग, वेस्ट स्कूल क्याम्पटेन सिमरन यासमिन, कक्षा क्याप्टेन सिम्पल अग्रवाल, सुमन कामत, नियमित सफा भएर नियमित स्कूल आउने प्रियंङ्का शर्मा विद्यार्थीलाई स्कूलले सम्मान गरेको छ । प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल सुवाल, हेट टिचर अर्जुन मल्ल ठकुरी, कमल सेन गुप्ता, मार्सन लामा, गायक प्रवलदीप विश्वास लगायले पुरस्कार वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्