उल्का खसेको रात बजारमा

उल्का खसेको रात बजारमा

कवि शंकर सुवेदी ‘उत्स’ को कवितासंग्रह उल्का खसेको रात बुधबार विराटनगरमा विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा १०१ वर्षीया ज्येष्ठ नागरिक विष्णुदेवी दाहाल, प्राज्ञ विवश पोखरेल, दधिराज सुवेदी र एनपी आचार्यले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गर्नुभयो ।

दुई दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय सुवेदीको उल्का खसेको रात पहिलो कवितासंग्रह हो । यसभन्दा अघि उहाँका विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशित हुँदै आएका थिए ।

विमोचित कवितासंग्रहका बारेमा साहित्यकार कृष्ण वस्ती र भक्तिप्रसाद पौडेलले समीक्षा गर्नुभएको थियो । उहाँहरुले उल्का खसेका रातभित्रका कविताहरु सशक्त र समसामयिक भएको चर्चा गर्नुभयो । कवि भरत गुरागाईं र रोमा निरौलाले कृतिभित्रका कविता वाचन गर्नुभयो भने कवि हरि कट्टेलले कृतिकारको परिचय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञ एनपी आचार्य, दधिराज सुवेदी, साहित्यकार सरला चापागाईं, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले संग्रहको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कृतिभित्र ४६ वटा कविता संग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्