दुहबीमा मोटरसाईकल दुर्घटना, तीन घाईते

दुहबीमा मोटरसाईकल दुर्घटना, तीन घाईते

सुनसरी, चैत्र २४

सुनसरी दुहबी नगरपालिका ८ मा बिहिबार मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिँदा मोटरसाईकल चालकसहित तीन जना घाईते भएका छन्।

घाईते हुनेमा साईकलयात्री दुहबी नगरपालिका १ बस्ने जय प्रकाश विश्वास, मोटरसाईकल चालक झापा खुदुनावारी २ वस्ने प्रकाश ढकाल र मोटरसाईकलको पछाडी सवार धरान-४ वस्ने रोशन कार्की रहेका छन्।

कोशी राजमार्गमा उत्तरतर्फ जाँदै गरेको को २६ प २२६५ नम्बरको मोटरसाईकलले बिपरित दिसाबाट आँउदै गरेको साईकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो।

ठक्करबाट घाईते बिश्वासलाई उपचारकालागी स्थानिय जीवन ज्योति स्वास्थ्य केन्द्र पठाईएको छ भने अन्य दुई जनालाई गोल्डेन अस्पताल विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

यता मोरङको सुन्दर-हरैचा नगरपालिका १ मा तत्काल अल्फाबेट नखुलेको मोटरसाईकलको ठक्करबाट एक बालिका घाईते भएकी छन्।

घाईते हुनेमा सोही ठाँउ बस्ने १० बर्षिया सुनिता खवास रहेकी छन्। खवासलाई बिराटनगर- बिराटचौक सडक खण्डमा अल्फाबेट नखुलेको ८३८० नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो।

ठक्करबाट घाईते बालिकालाई उपचारकालागी स्थानिय आनन्द मेडिकल पठाईएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।

ठक्कर दिने मोटरसाईकल र चालक फरार रहेकाले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्