विराट मेडिकल कजेलले ट्रमा सेन्टर छिट्टै संचालनमा ल्याउने

<span class='c1'>विराट मेडिकल कजेलले ट्रमा</span> <span class='c2'>सेन्टर छिट्टै संचालनमा ल्याउने</span>

प्रेम देवान
विराटनगर, २४ चैत । मोरङको टंकिसिनुवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विरामीलाई नयांपन शैली अपनाउदै परिवारिक सहुलीयत कार्ड वितरण गर्ने भएको छ ।
विभिन्न छुट सुविधा उपभोग गर्ने सर्वसाधरणका लागि सहुलियत कार्ड उपलब्ध गराउने कलेजले आज बिहीबार पत्रकार सम्मेलन गरी भएको हो । सहुलियत कार्ड पाउने सर्वसाधारणले ओपिडी निःशुल्क, फार्मेसीमा ५ प्रतिशत, ल्याब तथा अन्य डाइग्नोष्टिकमा १५ प्रतिशत, अल्ट्रासाउण्ड र सिटी स्क्यानमा २५ प्रतिशत, लिथोट्रिप्सी (किड्नीको पत्थरी) २५ प्रतिशत, चिरेर गरिने शल्यक्रियामा २५ प्रतिशत, ल्याप्रोस्कोपीक अप्रेशनमा १० प्रतिशत छुट पाउनेछन् । यस्तै जनरल वार्ड चार्जमा २५, आइसियू, एनआइसियु र भेन्टिलेटर शुल्कमा पनि १५ प्रतिशत छुट पाउने कलेजले जनाएको छ । यसअघि पनि कलेजले दुरविनबाट एपेन्डिक्स र पित्तथैलीको पत्थरीको अपरेशन विशेष छुट १४ हजार ४ सय ९९ मा र दुरबिन विना पाठेघर, किड्नीको पत्थरीको अपरेशन २५ हजारमै गराउँदै आएको थियो । यस्तै चिरेर गरिने कुनैपनि मेजर अपरेशन १२ हजार ५ सय र इन्टरमेडिएट अपरेसन ६ हजार ५ सय, माइनर अपरेसन ३ हजारमै गर्ने कलेजले जनाएको छ ।
यस्तै कलेजले अहिले केही थप दिने भनेको सुविधामा गर्भवती महिलाको लागि प्रत्येक बुधबार निःशुल्क जाँच गर्ने र ल्याब टेष्टहरुमा १५ प्रतिशत र अल्ट्रासाउण्डमा ५० प्रतिशत छुट दिने जनाएको छ । यस्तै मेरुदण्ड भाँचिएको, ढाडको नसा च्यापिएको र कुनै किसिमको ट्युमर वा इन्फेक्सन भएको, सानै देखि वा जन्मजात ढाड बांगिएको अपरेसनको शुल्क पनि छुट सहित १२ हजार ५ सयमै गर्ने कलेजका बोर्ड अफ डाइरेक्टर रत्ना कोइरालाले पत्रकार सम्मेलनमा जानकारी दिए । कलेजले राजमार्गमा दिनहुँ हुने सडक दुर्घटनालाई मध्यनजर गर्दै छिट्टै ट्रमा सेन्टर समेत संचालन गर्ने जनाएको छ ।
यस्तै दुर्घटनाम परी हड्डी निस्किएको, जोर्निमा भएको समस्या, पिप जमेर जोर्नी खराब हुने समस्या, हड्डी भाँचिएर रगत जम्ने समस्या, हड्डीमा पिप जम्ने समस्या तथा नसा च्यापिएर पिसाव रोकिने समस्याको आकस्मीक उपचार गर्नुपरेमा निःशुल्क गरिने कलेजका सर्जन डाक्टर सुवास चन्द्र झाले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्