स्थानीय तहका अधिकृतहरू भन्छन् निर्वाचन गराउन कुनै समस्या छैन

स्थानीय तहका अधिकृतहरू भन्छन् निर्वाचन गराउन कुनै समस्या छैन

बिनु तिम्सिना
वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न गराउन खासै समस्या र चुनौनि नदेखिएको कार्यकारी अधिकृतहरुले बताएका छन् ।
निर्वाचन आयोग मोरङले स्थानिय तहको कार्यकारी अधिकृतहरुका लागि आज विराटनगरमा आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका कार्यकारी अधिकृत बिनोदकुमार न्यौपाने गाउँ गाउँका मानिसहरु निर्वाचनका लागि उत्साहित देखिएको र अहिले सम्म खासै ठुलो चुनौति र समस्याहरु नदेखिएकाले निवार्चन सफल रुपमा सम्पन्न हुने बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा जिल्लाका १७ वटै स्थानिय तहका कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो । उहाहरुलाइ निर्वाचन कार्यलय मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलले निर्वाचनका आयाम, निर्वाचन सम्बन्धी कानुनि तथा संबैधानिक व्यवस्था, स्थानिय तह तथा स्थानीय तहको निर्वाचन प्रणाली र व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो । साथै निर्वाचन आयोगको संवैधानिक जिम्मेवारी, आचार संहिता सम्बन्धी व्यवस्था र उल्लङ्घन गरेमा हुने सजाय लगायतका विषयमा जानकारी गराउनुभएको थियो । निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार मोरङमा पाँच लाख ६३ हजार आठ सय ५८ मतदाता रहेका छन् । मोरङमा ३६ वटा दल दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्