मोरङमा निर्वाचन सम्पन्न गराउन समस्या छैन

मोरङमा निर्वाचन सम्पन्न गराउन समस्या छैन

बिनु तिम्सिना

वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न गराउन खासै समस्या र चुनौति  नदेखिएको कार्यकारी अधिकृतहरुले बताएका छन् ।
निर्वाचन आयोग मोरङले स्थानिय तहको कार्यकारी अधिकृतहरुका लागि  विराटनगरमा आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका कार्यकारी अधिकृत बिनोदकुमार न्यौपाने गाउँ गाउँका मानिसहरु निर्वाचनका लागि उत्साहित देखिएको र अहिले सम्म खासै ठुलो चुनौति र समस्याहरु नदेखिएकाले निवार्चन सफल रुपमा सम्पन्न हुने बताउनुभयो । अभिमुखिकरण कार्यक्रममा जिल्लाका १७ वटै स्थानिय तहका कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो । उहाहरुलाइ निर्वाचन कार्यलय मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलले निर्वाचनका आयाम, निर्वाचन सम्बन्धी कानुनि तथा संबैधानिक व्यवस्था, स्थानिय तह तथा स्थानीय तहको निर्वाचन प्रणाली र व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो । साथै निर्वाचन आयोगको संवैधानिक जिम्मेवारी, आचार संहिता सम्बन्धी व्यवस्था र उल्लङ्घन गरेमा हुने सजाय लगायतका विषयमा जानकारी गराउनुभएको थियो । निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार मोरङमा पाँच लाख ६३ हजार आठ सय ५८ मतदाता रहेका छन् । मोरङमा ३६ वटा दल दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्