सुरक्षित प्रसूति सेवाको अभावमा सुत्केरी महिलाको मृत्यु

सुरक्षित प्रसूति सेवाको अभावमा सुत्केरी महिलाको मृत्यु

पाँचथर– सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया पूर्णमाया लिम्बू रहेकी छिन् । घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उनलाई स्थानीय स्वास्थ्य चौकी नवमीडाँडामा भर्ना गरिएको थियो ।

त्यहाँ सालनाल नझरेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा शुक्रबार राति बाटोमै मृत्यु भएको स्थानीयवासी दीपक दुलालले जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्