धुर्मुस सुन्तलीको मुसहर बस्तीमा जानकी पोलीट्यांकले पानीको ट्यान्की सहयोग

<span class='c1'>धुर्मुस सुन्तलीको मुसहर बस्तीमा जानकी</span> <span class='c2'>पोलीट्यांकले पानीको ट्यान्की सहयोग</span>

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको एकिकृत नमुना मुसहर बस्तीका लागी जानकी पोलिट्याङ्कीले ३०० लिटरको ५३ वटा पानी ट्याङ्की र त्यसमा प्रयोग हुने सामाग्री सहयोग गरेको छ । फाउण्डेशनले आत्मा छुने काम गरेको भन्दै कम्पनीले उक्त सहयोग गरेको हो । 

 मोरङ्गको जानकी पोलिट्याङ्की ईण्डस्ट्रिज प्रा.ली ले निर्माण स्थलमै पुगी १ लाख ६५ हजार ३ सय ६० रुपैया बरावरको पानि ट्याङ्की सहयोग गरेको हो । ईण्डष्ट्रिजका कार्यकारी निर्देशक सन्तोष चौधरीले फाउण्डेशनले उदाहरणिय र मानवताका लागि गरेको पबित्र कामका लागि सहयोग गर्न पाउदा खुसी लगेको बताएका छन् । ‘उहांहरुले आत्मा छुने काम गर्नुभएको छ’ ईण्डष्ट्रिजका कार्यकारी निर्देशक चौधरीले भने ‘धुर्मुस सुन्तलीको सामाजिक कामका लागि सहयोग गर्न पाउदा आत्मसन्तृष्ट्रि मिलेको छ’ । फाउण्डेशनले गरेको कामबाट सबैले सिक्नुपर्ने बताउदै उनले फाउण्डेशनलाई खुलेर सहयोग गरे खेर नजाने धारणा राखे । 

धुर्मुस सुन्तली संगै अन्य नेपालीले पनि यस्तै अभियान चलाए सरकारको मुख ताकेर बस्न नपर्ने बताउदै उनले धुर्मुस सुन्तली यसको आईडल भएको भन्दै तारिफ गरे । फाउण्डेशनले गरेको कामलाई आफुहरुले नजिकबाट नियालिरहेको बताउदै उनले भने ‘उहांहरुको कामलाई जति सहयोग गरे पनि कम हुन्छ, उहांहरुको हरेक काममा सहयोग गर्न हामी तयार छौं ।’

 बिगत ५ बर्ष भन्दा लामो समय देखी पानी ट्याङ्की निर्माण तथा बितरण गदै आईरहेको जानकी पोलिट्याङ्की ईण्डस्ट्रिजले फाउण्डेशनको गिराञ्चौर एकिकृत नमुना बस्तीका लागि पनी पानि ट्याङ्की सहितका सामाग्री सहयोग गरेको थियो ।

-फाउन्डेशनको वेबसाईटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्