विराटनगर चैत २७, नेकपा एमालेको भातृ संगठन अनेरास्वीयू विराटनगर उपमहानगरपालिकाको नयाँ कार्य समिति शनिबार गठन गरिएको छ ।
नविन पहाडीको अध्यक्षतामा ४१ जनाको नयाँ कार्यसमिति गठन भएको छ। उक्त समितिको उपाध्यक्षमा अभिषेक राय, सचिवमा नविन निरौला चयन भएका छन् । कार्यसमितिमा नयाँ तथा पुराना सबैलाई समेटेर लगिएको बताएको छ । कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबावु पन्डित, अनेरास्वीयूका केन्द्रीय सचिब वसिम आलम, सचिवालय सदस्य भाष्कर खनाल लगाययका नेताको उपस्थीति रहेको थियो ।