विजय धिमाल
राजघाट २८ चैत्र । मोरङको साविक राजघाट हाल उर्लाबारी नगरपालिका ८ मा पुनः बलबहादुर धिमालको अध्यक्षतामा एमाले निकट भातृसंगठन नेपाल धिमाल लोकतान्त्रिक संघको १३ सदस्य वडा समिति चयन भएको छ ।
आउदै गरेको स्थानिय चुनावमा सहजता होस भनि वडा समिति चयन गरिएको हो । समितिमा बरिष्ठ उपाध्यक्ष बौद्धमान धिमाल, उपाध्यक्ष कृष्ण धिमाल, सचिव सुर्यबहादुर धिमाल, सह सचिव बर्तुलाल धिमाल, कोषअध्यक्ष कल्पना धिमाल र सदस्यहरुमा दिपेन, राजकुमार, विर्ता, टंकनाथ, आकास, शुसिला, हर्क धिमाल सर्वसम्मत चयन भएको हो ।
यो स्थानिय चुनावको घडीमा जुन तरिकाले धिमाल बहुलियता भएको ठाउमा अभ्यास गर्नु राम्रो कुरो हो, आफ्नो जातीय हक अधिकार संगै पहुँचका लागी एक जुट हुन आवश्यक रहेको साविक राजघाट गाविस एमाले पार्टी अध्यक्ष र हाल उर्लाबारी ८ को वडा अध्यक्षका आकाँक्षी कुलबहादुर कार्की आफ्ना कुरा राखेका थिए । त्यस्तै हामी आफै भित्र मनमुटाव भयोभने अरुले फाइदा उठाउन सक्छ यस कुरामा गम्भिर हुन आवश्यक छ र हाम्रो पार्टीको बाहुलियता भएको ठाउमा पराजित हुनुभनेको आफ्नो अस्तित्व गुमाउनु हो भन्दै सबैलाई होसियार रहन उर्लाबारी नगर कमिटी सदस्य टोमनाथ गौतमले आफ्ना कुरा राखेका थिए । हामी हाम्रो ठाउँमा हाम्रो पकड बनाउन इमानदारीताका साथलागी परेमा जित निश्चीत रहेको सांसद पर्तमान धिमाल बताउछन ।
प्रथम वडा अधिवेशनका प्रमुख अतिथि नेपाल धिमाल लोकतान्त्रिक संघ केन्द्रिय अध्यक्ष, सांसद पर्तमान धिमाल र अतिथिहरुमा साविक राजघाट गाविस एमाले पार्टी अध्यक्ष कुलबहादुर कार्की, नेपाल धिमाल लोकतान्त्रिक संघ केन्द्रिय सदस्य नेचिमाया धिमाल, उर्लाबारी नगर कमिटी सदस्य टोमनाथ गौतम लगायत रहेका थिए भने नेपाल धिमाल लोकतान्त्रिक संघ वडा समिति अध्यक्ष बलबहादुर धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम शुनिल धिमालले संचान गरेका थिए भने स्वागत मन्तव्य नेचिमाया धिमालले गरेकी थिइन ।