पूर्वका छुट्टा छुट्टै सवारी दुर्घटनामा ६ घाइते

<span class='c1'>पूर्वका छुट्टा छुट्टै सवारी</span> <span class='c2'>दुर्घटनामा ६ घाइते</span>

विराटनगर, चैत्र २९

पूर्वको विभिन्न जिल्लाहरुमा सोमबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।

झापाः झापाको दमक-२ स्थित भित्रि सडक खण्डमा मे ६ प ५२७४ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक दमक ढुकुरपानी-३ बस्ने बर्ष ५५ को लाल बहादुर खतिवडा घाइते भएका छन्। घाइते खतिवडाको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ।

मोरङः मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ मा मे ७ प १९३५ नम्बरको मोटरसाइकलकको ठक्करबाट पैदलयात्री सुन्दर-हरैचा नगरपिलका-३ बस्ने अन्दाजी २७ बर्षिय यादव पौडेल घाइते भएका छन्। उनको काबेली अस्पताल पथरीमा उपचार भइरहेको छ भने मोटरसाइकलका चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।

यता मोरङकै सुन्दर-हरैँचा ९ स्थित बिराटचौकमा को ९ प ८७९५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५८ बर्षिय उद्धव अधिकारी घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक सुन्दर-हरैचा-१० बस्ने बर्ष ३९ को बल बहादुर गिरी समेत घाईते भएकोले अधिकारीको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहको छ भने मोटरसाइकल चालकको स्थानिय सुकुना सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरी चौकी विराटचौकले जानएको छ।

यसैगरी मोरङकै बुढिगंगा-४ स्थित कोशी राजमार्गमा को २० प ५६६५ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा साइकलमा सवार विराटनगर-५ बस्ने ४५ बर्षिय बलिराम चौधरी घाइते भएका छन्। उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल र चालक इलाक प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

सप्तरीः सप्तरीको सुरुंङ्गा नगरपालिका-१ स्थित गाईघाट कदमाहा सडक खण्डमा कदमाहाबाट गाईघाटतर्फ जादै गरेको स ७ प ९१८७ नम्बरको मोटरसाइकलले कुकुरलाई ठक्कर दिदा मोटरसाइकल अनियन्त्रित भइ चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने बर्ष २७ सुभास खत्री घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्