पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि सहयोग

पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि सहयोग

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् ।

पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र योङ्हाङले ५० हजार पाँच रुपैयाँ नगद सहयोग गरेका छन् ।

परिवारसहित सोमबार पाथीभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उहाँले स्थानीय विकास अधिकारी नरहरि भण्डारीको रोहबरमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेललाई उक्त सहयोग रकम प्रदान गरेका छन् ।

स्थानीय विकास अधिकारी भण्डारीले सहयोग प्रदान गरेकामा योङ्हाङलाई धन्यवाद दिँदै उक्त रकम मन्दिर क्षेत्रको विकासमा लगानी गर्ने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्