कतारका प्रवासीहरुले लमजुङको एक विद्यालयमा २० थान कम्प्युटर प्रदान

<span class='c1'>कतारका प्रवासीहरुले लमजुङको एक विद्यालयमा</span> <span class='c2'>२० थान कम्प्युटर प्रदान</span>

लमजुङ । रोजगारीका लागि कतार पुगेका प्रवासीहरुले लमजुङको एक विद्यालयमा २० थान कम्प्युटर प्रदान गरेका छन् ।

राइनास घर भई हाल कतारमा धमिलीकुवा कतार समूह सञ्चालन गर्दै आएका नेपालीले शैलपुत्री माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर उपलब्ध गराएका हुन् । छब्बीस जनाको समूहले दुईलाख ९० हजार रुपैयाँ रकम सङ्कलन गरी कम्प्युटर उपलब्ध गराएको समूहका अध्यक्ष मोहन चिलवालले बताए । विदेशमा भएर पनि समाजका लागि केही गरौँ भन्ने अभिप्रायले विद्यालयलाई कम्प्युटर सहयोग गरेको चिलवालले बताए ।

“अहिले सूचना र प्रविधिको प्रयोग बढेको छ,” चिलवालले भने – “गाउँमा पढ्ने विद्यार्थीले कम्प्युटर सिक्नकै लागि गाउँ छाड्न नपरोस् ।”

विद्यालयमा उपलब्ध कम्प्युटरबाट विद्यार्थी, शिक्षक एवम् अभिभावकलाई समेत अतिरिक्त समयमा आधारभूत कम्प्युटर शिक्षा प्रदान गरिने विद्यालयका प्रधानाध्यापक बुद्धराज सेढाईंले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्