पर्सा, चैत २९ – नचिनेमा मानिसले चलाएको गोली लागेर वीरगञ्जमा एकजना घाइते भएका छन् । वीरगन्ज उपमहानगरपालिका–१७ मा गोली चलेको र गोली लागेर पिपराकी निलम पटेल घाइते भएको प्रहरीले जनाएको छ ।
उहाँलाई कसले र किन गोली हानेको भन्ने खुलेको छैन । घाइते पटेलको वीरगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको उज्यालो अनलाइनले लेखेको छ ।