बिराटनगर चैत २९ । बिराटनगरमा एक विद्यार्थीले आज आत्महत्या गरेको खबर प्राप्त भएको छ । पुष्पलाल चोक घर भई हाल महेन्द्र मोरङ क्याम्पसमा बिबिए अध्यानरत पुर्णिमा काफ्लेले आफ्नो घरमा झुन्डिएर आत्महत्या गरिएको बुझिएको छ । उनको साथबाट सुसाईट नोट पनि भेटिएको छ । सुसाइड नोटमा स्वेच्छाले आत्महत्या गरेको उल्लेख गरिएको उनका नजिकका व्यक्तिहरुले बताएका छन् ।
उनका बुवाले दाश्राे विवाह गरि हाल भारतमा रहेकाे र उनी हाल अामासँग बस्दै अाएकि थिइन । उनकाे अात्महत्याकाे कारण अझ स्पष्ट नभएकाे उनका साथीहरूले बताएकाछन् ।
उनकाे शवलाइ कोसी अञ्चल अस्पतालमा पोस्टमार्टमका लागि लगिएकाे बताइएकाे छ ।