मालपाेतमा सेवाग्राहीभन्दा लेखनदास बढी

<span class='c1'>मालपाेतमा सेवाग्राहीभन्दा</span> <span class='c2'>लेखनदास बढी</span>

उदयपुर, २७ चैत । उदयपुरको कटारी नगरपालिकामा रहेको इलाका मालपोत कार्यालयमा सेवाग्राहीभन्दा दलाल र लेखनदासको भीडभाड हुने गरेको छ ।
दैनिक १० देखि १५ जना सेवाग्रही हुने कटारीमा तीन दर्जन बढि दलाल र लेखनदासले सेवाग्राही तानातान गरिरहेको भेटिन्छ ।
साविकको मयाँखु गाविसबाट जग्गा नामसारी गर्न आएका भिमबहादुर मगरले आपूmलाई चार जना लेखनदासले काममा सहयोग गर्ने भन्दै हैरान पारेको बताउनुभयो । लेखनदासले सेवाग्राहीलाई कार्यालय नपुग्दै बाटैबाट तान्ने गरेको उहाँको भनाइ छ ।
लेखापढीको बोर्ड झुड्यार बस्ने लेखदासकाले दुःख दिने गरेको सेवाग्राहीको गुनासो छ । आफ्नो पेशालाई मर्यादित बनाएर सेवाग्राही आकर्षित गर्नुको सट्टा सेवाग्राहीलाई दुःख दिने प्रवृत्ति बढेको उहाँको गुनासो छ । कटारीमा लेखापढी व्यवसाय गर्दै आएका ताराबहादुर खड्काले यस्तो प्रवृत्ति त्यागेर सेवाग्राहीलाई राम्रो सेवा दिनुपर्ने बताउनुभयो ।
कटारीमा आधिकारिक रुपमा लाईसन्स लिएका १०÷१५ जना मात्रै भएपनि अन्य दलालहरुले पनि लेखापढी गर्ने भन्दै सेवाग्राही ठगिरेको खड्काले दावी गर्नुभयो । कमिशनको लोभमा सेवाग्राहीको फाइल बोकेर कार्यालयमा दौडने धेरै भएको उहाँले बताउनुभयो ।
लेखापढी व्यवसाय जिम्मेवार पेशा भएकाले मर्यादित हुनेपर्ने भन्दै मालपोत कार्यालय मुद्दा फाँटका सुब्बा तुलसी कट्टेलले त्यसो हुन नसकेको बताउनुभयो । लाईसेन्स लिएर लेखापढी गर्छौ भन्ने कतिपयलाई राम्रोसँग लेख्नै नआउने अवस्था रहेको भन्दै उहाँले उनीहरुले सेवाग्रहीलाई दुःख दिने काम गरेको बताउनुभयो ।
लेखापढी गर्ने नाममा दलालहरुले जग्गा पासको कागज गरिसकेपछि २ हजार शुलक लिने गरेका छन् । साबिकका पहाडी मायाँखु, लेखानी, हर्देनी, सोरुङ, लिम्पाटार, ओख्ले, ठाँनागाँउ, पञ्चावती, रुपाटार, सिरिसे लगायतका १९ गाविस र पुरानो कटारी नगरपालिकाका सर्वसाधारणले कटारीबाट मालपोत र इलाका प्रशासन कार्यालको सेवा लिदैं आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्