सुखीपुर नगरपालिका कायम भएपछि खुसियाली

<span class='c1'>सुखीपुर नगरपालिका कायम</span> <span class='c2'>भएपछि खुसियाली</span>

सिरहा, २९ चैत । स्थानीय तहको पुनः संरचना गर्दा गाउँपालिका बनाइएको सुखीपुरलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले नगरपालिका कायम गरेपछि सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिले अनिश्चितकालीन अनसन तोडेको छ ।
नगरपालिका कायम गर्न माग गर्दै अनसनमा बसेका ६ जनालाई सोमबार मध्यरातमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हरिनारायण चौधरी र सुखीपुर नगरपालिकाका कार्यकारी अधिकृत टेकप्रसाद भट्टराईले जुस खुवाएर अनसन तोडाएका हुन् ।
साविक नगरापालिका माग गर्दै सुखीपुर नगरपालिका कार्यालयको बरण्डामै चैत २३ गते अपराह्नदेखि समितिका संयोजक बीपी भुवन यादवसहित सदस्यहरू हरेराम यादव, रामकिसुन यादव, रामभरोस साह, बिन्देश्वर पंजियार र रामकुमार यादव आमरण अनसन बसेका थिए । कार्यालय सुचारु र सम्मान सुखीपुर नगरपालिका कायम भएपछि स्थानीय बासिन्दा, व्यापारी, राजनीतिकर्मीहरूले मध्यरातमा खुशीले नाचगान गरेका थिए ।
वि.सं.२०७२ असोज १ गते तत्कालीन सुखीपुर गाविसमा छिमेकी मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कनहा, बलही र सिलोर्वा पछवाडीलाई गाभेर नगरपालिका घोषणा गरिएको थियो । करिब १७ महिनापछि गत फागुन २७ गते स्थानीय तहको पुनःसंरचनामा गाउँपालिका बनाइएपछि संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्