पाँचथरमा चुनाबी सरगर्मी बढ्यो

<span class='c1'>पाँचथरमा चुनाबी</span> <span class='c2'>सरगर्मी बढ्यो</span>

पाँचथर, २९ चैत । स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै पाँचथरमा राजनीतिक दलहरु संगठन चलायमान बनाउन लागिपरेका छन् ।
मूख्य दलहरुमध्ये नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका गाउँ÷नगर भेला, वडा भेला र उम्मेद्वार तय गर्न लागिपरेका छन् ।
निर्वाचन नजिकिएसँगै स्थानीय तहका सम्भावित उम्मेद्वारका विषयमा दलहरुभित्र गरमागर बहस र छलफल चलिरहेको छ । नेताहरु पार्टीबाट उम्मेद्वारको टिकट पाउन पार्टी कमिटीदेखि शक्ति केन्द्रसम्म धाइरहेका छन् ।
पाँचथरमा स्थानीय तहमध्ये फिदिम नगरपालिकामा चुनाबी चहलपहल धेरै छ । २७ हजार १ सय ८१ मतदाता रहेको फिदिममा जिल्लाको कुल जनसंख्याको झण्डै १ चौथाई जनसंख्या रहेको छ । फिदिममा १ मेयर, १ उपमेयर, १४ वडामा १४ वडाध्यक्ष र ५६ जना वडा सदस्य गरी ७२ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
साविकको फिदिम नगरपालिका, लुम्फाबुङ, नांगीन, रानीटार र लुङरुपा गाविस तथा याङनाम गाविसका १ देखि ५ सम्मका वडा समेटिएको फिदिम नगरपालिकाको मेयर पदमा दलहरुभित्र धेरै आकांक्षीहरु छन् । दलहरुलाई मेयर र उपमेयर छनौट गरेर उम्मेद्वारी घोषणा गर्न कठिन परिरहेको छ ।
नगरको मेयरको उम्मेद्वार बन्न सबैभन्दा ठूलो नेपाली काँग्रेसभित्र ठूलै रस्साकस्सी चलिरहेको छ । काँग्रेसको तर्फबाट ओनाहाङ नेम्वाङ, मित्रप्रसाद काफ्ले, रुपनारायण जवेगू, रामराज आङ्देम्बे, अम्बिकाप्रसाद न्यौपाने दाबेदारका रुपमा रहेका छन् । उनीहरुमध्ये नेम्वाङ र काफ्ले मध्येबाटै उम्मेद्वार चयन हुने बताइएको छ । काँग्रेसबाट उपमेयरमा मधु जवेगू र उर्मिला प्रधानको चर्चा छ ।
नेकपा (एमाले)लाई भने उम्मेदवार छानन निक्कै कठिन हुने देखिएको छ । एमालेमा पुराना नेताहरुदेखि युवा नेताहरुसम्मले मेयर पदको उम्मेद्वार पाउनुपर्ने दाबी गरिरहेका छन् । एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारी, पार्टीका पूर्व उपसचिव थुमनाथ चापागाँई, सचिवालय सदस्यद्वय गजाधर भट्टराई, महेन्द्रविक्रम थाम्सुहाङ र पृथ्वी लावती आकांक्षी छन् । एमालेबाट उपमेयरमा जिल्ला कमिटी सदस्यद्वय मुना नेम्वाङ र अञ्जु काम्बाङको नाम चर्चामा छ ।
नेकपा (माओवादी केन्द्र)बाट फिदिम नगरपालिकाको मेयरको उम्मेद्वारको रुपमा नेता राधाकृष्ण न्यौपानेको नाम चर्चामा छ । त्यस्तै जिल्ला सहइन्चार्ज विशाल रसाइली, सहसंयोजक टीका नेम्वाङ, नेता बालकृष्ण काफ्ले ‘विकास’, गोपाल ढुंगानालगायतको पनि चर्चा छ । उनीहरुमध्ये लामो समय शिक्षण गरेका न्यौपाने बलियो दाबेदार भएको बताइएको छ । माओवादी केन्द्रबाट उपमेयर पदमा जिल्ला समितिकी सदस्य सानु थापाको नाम चर्चामा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फिदिम नगरपालिकाको मेयरको उम्मेद्वारको रुपमा नेता तेजकुमार कुरुम्बाङ संभावित छन् । राप्रपाबाट नगर अध्यक्ष जगत थापा मगर र पूर्व जिल्ला उपाध्यक्ष रामबहादुर थापा मगरको नामसमेत चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्