उदयपुरका संभावित उम्मेदवार यस्ता

<span class='c1'>उदयपुरका संभावित</span> <span class='c2'>उम्मेदवार यस्ता</span>

उदयपुर, २९ चैत । उदयपुरको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ ।
राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट सम्भावित मेयर तथा उपमेयरको नाम संकलन र छनोट गर्न थालेसँगै चुनावी सरगर्मी बढेको हो ।
त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसले भर्खरै मेयरको लागि सम्भावित उमेदवारको नाम छनोट गरेको छ । काँग्रेसले मेयरमा क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष वसन्त बस्नेत, पार्टी त्रियुगा नगर अध्यक्ष सरोज बस्नेत, पूर्व पार्टी जिल्ला सभापति हिमाल कार्की र जिल्ला पार्टी सचिव भीमचन्द्र राईको नाम सिफारिस गरेको जनाएको छ । उपमेयरमा लीलाकुमारी राई, विमला राई, तारा कुमारी राई र सरिता राईको सिफारिस भएको छ ।
नेकपा एमालेले मेयरका लागि पार्टी जिल्ला सचिवालय सदस्य भागवत राउत र प्रकाश बस्नेतको नाम सिफारिस गरेको छ भने उपमेयरको लागि पार्टी जिल्ला सदस्य महेश्वरी राई, सदस्य श्रृजना दनुवार र फूलकुमारी चौधरीको नाम सिफारिस भएको छ । उनीहरुमध्येबाट प्रदेश कमिटिले उम्मेदवान छान्ने एमालेले जनाएको छ ।
माओवादी केन्द्रले त्रियुगा नगरपालिकाको मेयरका लागि पार्टी जिल्ला सदस्य किरण राई, नारायण बुर्जा र मीनबहादुर ठकुरीको नाम सिफारिस गरेको जनाएको छ । यस्तै उपमेयरको लागि पार्टी जिल्ला सदस्य राधा खड्का, अजिता खड्का र सरिता कार्कीको नाम सिफारिस भएको छ ।
उता कटारी नगरपालिकामा नेकाले मेयरका लागि जिल्ला पार्टी सचिव रामकुमार राई, जिल्ला पार्टी कोषाध्यक्ष राजेशचन्द्र श्रेष्ठ र ज्ञानेन्द्र राउतको नाम सिफारिस गरेको छ । एमालेले भने मेयरको लागि महिला जिल्ला सदस्य भीमकुमारी राउत, कृष्ण थापा र ज्ञानेन्द्रबहादुर कार्कीको नाम सिफारिस भएको छ ।
नेकपा माओवादी केन्द्रले कटारी नगरपालिकाको मेयरका लागि पार्टी जिल्ला अध्यक्ष विनोद कटुवाल, पार्टीका केन्द्रीय सदस्य केपी बराल र कुमारसिंह राईको नाम सिफारिस गरेको छ । उपमेयरमा मीना कोइराला र मीना कार्की छानिएका छन् ।
चौदण्डी गढी नगरपालिकामा मेयरका लागि नेकाले जिल्ला सदस्य प्रशान्त राई, खगेन्द्र राई, प्रदीप केसी र वसन्त कटुवालको नाम सिफारिस गरेको छ । यस्तै एमालेले मेयरमा जिल्ला पार्टी सचिवालय सदस्य कालु लामा र राजेन्द्र कटुवालको नाम सिफारिस गरेको जनाएको छ । माओवादी केन्द्रले मेयरमा जिल्ला पूर्व पार्टी अध्यक्ष राजन किराँती, जिल्ला सदस्य सन्तोष सुवेदी र प्रकाश राईको नाम सिफारिस गरेको छ ।
यस्तै बेलका नगरपालिकामा नेकाले मेयरमा पार्टी महासमिति सदस्य बद्री सापकोटा, जय सुवेदी, लवराज अधिकारी र दिनेश चौधरी, एमालेबाट जिल्ला सचिवालय सदस्य दुर्गाकुमार थापा र गणेश बस्नेत तथा माओवादी केन्द्रबाट जिल्ला सचिवालय सदस्य रमण भट्टराई र मनोज तामाङको नाम सिफारिस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्