घुमुवा प्रहरी बनेर ठगी गर्ने पक्राउ

घुमुवा प्रहरी बनेर ठगी गर्ने पक्राउ

विर्तामोड, २९ चैत । आफूलाई घुमुवा प्रहरी भएको बताउँदै व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ निवासी २५ वर्षीय देवराज राई रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो ।
बिर्तामोडका विभिन्न पसल तथा होटलमा ‘तिमीहरुले पान नम्बर राखेका रहेनछौ, पैसा दियौ भने जेल जानुपर्दैन भन्दै धम्क्यार पैसा उठाएको उजुरीपछि राइ पक्राउ परेका हुन् । राईलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जवेगुले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्