रोगसँग लड्दै पूर्वलडाकु मुना

<span class='c1'>रोगसँग लड्दै</span> <span class='c2'>पूर्वलडाकु मुना</span>

विर्तामोड, २९ चैत । ‘हतियार भिरेर जनताको मुक्तिका लागि दुस्मनसँग लड्न सहज थियो, जोश र जागर थियो तर यो रोग सँग लड्न कठिन रहेछ । के गर्नु यो सँग लड्न त पैसा चाहिने रहेछ त्यो पनि लाखाैं । सायद म यत्तिकै.....’ बोल्दा बोलदै उनका गला अबरुद्ध भए । भापाको चकचकी ६ स्थित आफ्नै निवासमा भेटिएकी पूर्वजनमुक्ति सेना नेत्रमायाँ कार्की (मुना)को मृगौला पीडित भएपछिको दुखेसो हो, यो ।
बि.स. २०६१ सालबाट पूर्णकालिन भएर माओवादी जनयुद्धमा होमिएकी मुनाले जनसेनाको रुपमा हतियार बोकेर युद्धमा सामेल भएकी थिइन् । उनी जनमुक्ति सेनाको छैठौ डिभिजन अन्तरगत बी कम्पनिमा रहेर काम गर्दै २०६३ सालमा प्रथम डिभिजनको सेक्सन कमाण्डरको भूमिका निर्वाह गरेकी थिइन् ।
पार्टी शान्ति प्रक्रियामा आएसँगै क्यान्टोनमेन्टमा बसेकी उनी त्यही बेलादेखि स्वास्थ्य समस्याले पीडित बनेकी थिइन् । सुरुमा त सामान्य औषधि सेवन गरेकी उनका अहिले दुबै मृगौला फेल भएका छन् । जनसेना समायोजनमा गर्ने बेला स्वेच्छिक अवकास लिएकी उनी अहिले शरीरका महत्वपूर्ण अंग काम नलाग्ने भएपछि आफैंसँग युद्ध गरिरहेको बताउँछिन् ।
मध्यम खालको मुनाको परिवारलाई खान लाउन खासै दुःख नभएपछि मृगौला रोगको उपचार भने गर्न समस्या भएको छ । दुबै मृगौलाले काम नगर्ने भएपछि हाल डाईलसिस गराएर बसेकी उनलाई आमाले एउटा मृगौला दिने तयारी गरेपनि आवश्यक खर्च अभाबमा मृगौला प्रत्यारोपण हुन सकेको छैन ।
झापाको भ्रदपुरमा रहेको ओमसाई अस्पतालमा उपचार गराइरहेकी मुनालाई मृगौला प्रत्यारोपणका लागि करिब २० लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् । सो रकम जुटाउन नसकेर ६ महिनादेखि निरन्तर डाईलासिस गरिरहेकी उनले सहयोग पाए आफ्नो जीवन बाँच्ने याचना गरेकी छन् ।
मुनालाई सहयोग गर्न चाहनेले उनकै नाममा रहेको नेपाल बैंक भाmापा शाखाको खाता नम्बर ०८८०१००६३६६६०७०००००१ मा सहयोग गर्न सक्ने परिवारले जनाएको छ । उनलाई सहयोग गर्न ९८२३११९००४ र ९८१४९३८६०० नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
भक्तपुरमा रहेको मानब अंग प्रत्यारोपण केन्द्रमा मृगौलाको निःशुल्क उपचार हुने जानकारी पाएपछि गएकोमा पुराना विरामीले मात्र प्राथमिकता पाउने केन्द्रले बताएपछि झापा फकिएको मुनाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्